धनगढी। नेकपा एमाले कैलालीको नेतृत्व चयनको लागि आज मतदान सुरु भएको छ ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनले आइतबार राति सम्म सहमतिको प्रयास गर्न र सहमति नहुँदा सोमबार बिहानै चुनाव गर्न निर्देशन दिएका थिए ।
नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि छैटौं दिन शुक्रबार मतदान सुरू भएको छ । सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा केहीबेर अघि मतदान सुरू भएको हो । मतदान दिउँसो १ बजेसम्म चल्नेछ ।
एमालेको नेतृत्वका लागि कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा छन् । यो निर्वाचनमा पाँच सय ९१ जना प्रतिनिधिले मतदान गर्नेछन् ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
एमालेको विधान महाधिवेशन आज देखि सुरु, २५ सय नेता कार्यकर्ता भेला हुँदै
एमाले विधान महाधिवेशनमा ४ वटा डिजिटल ढोका, क्यूआर स्क्यान गरेरमात्र प्रवेश पाइने
हाजिरी जमानीमा छुटे एमालेका केन्द्रीय सदस्य ऐन महर
एमाले विधान महाधिवेशनको मुख्य नारा तय
नाउपाको अध्यक्ष रञ्जिता नै रहेको निर्वाचन आयोगको निर्णय