कैलाली । नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनको लागि आज मतदान हुने भएको छ ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलालीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनले आइतबार राति सम्म सहमतिको प्रयास गर्न र सहमति नहुँदा सोमबार बिहानै चुनाव गर्न निर्देशन दिएका थिए ।
तर, ओलीले दोस्रो दिनमै निर्वाचन गर्न भने पनि यहाँ पाँचौँ दिनमा निर्वाचन हुन लागेको हो ।
आज कति बजेदेखि निर्वाचन गर्ने भन्ने विषय अझै अनिश्चित छ । बिहान ८ बजेदेखि चुनाव गर्ने तयारी गरिएको थियो तर, त्यो भन्दा ढिलो हुने प्रमुख निर्वाचन अधिकृत मानबहादुरले जानकारी दिए ।
नेकपा एमाले कैलालीको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ। निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो।
निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम नामावलीमा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डेको उम्मेदवारी परेको हो। अध्यक्षमा उम्मेदवारी दिएका कमलसिंह रानाले नाम फिर्ता लिएका हुन्।



सम्वन्धित समाचार
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु
आजदेखि शिक्षा,स्वास्थ्य र विधुतमा थप कर लागू
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल