पोखरा । कक्षा सुरु हुनु १० मिनेट अघि नै विद्यार्थीले अचानक शिक्षकलाई कक्षाकोठामा विद्यार्थीहरू झगडा परेको खबर आउँछ । त्यसपछि शिक्षक आफूले गर्न लागेको काम छोड्छन् र अत्तालिँदै झगडा भएको कक्षा कोठामा लाग्छन् ।
हस्याङफस्याङ गर्दै शिक्षक झगडा परेजस्तो देखिने हुलमा पुग्छन् र छुट्याउन खोज्छ । त्यस बेलासम्म शिक्षकलाई न सर्प्राइज भन्ने नै थाहा हुन्छ न त्यहाँ भिडिओ नै खिचिएको।
त्यसै क्रममा त्यो हुलबाट एक्कासि फुलको गुच्छासहित सर्प्राइज आउँछ- ह्याप्पी बर्थ डे सर । सुरुमा त शिक्षक अलमल्ल हुन्छन् । त्यसपछि बिस्तारै सबै विद्यार्थीलाई अङ्कमाल गर्दै खुशी साट्छन् । भावुक हुन्छन् र इमोसनल हुन्छन् । यो भिडिओ गत शुक्रबारको हो ।
पोखरामा रहेको गण्डकी बोर्डिङमा कार्यरत शिक्षक सुजन लम्साललाई गत शुक्रवार विद्यार्थीले दिएको सर्प्राइज बर्थ डे अहिले सामाजिक सञ्जालमा भाइरल छ । शिक्षक लम्सालको बर्थ डे शनिबार थियो ।
तर, विद्यार्थीहरूले शनिबार बिदा हुने हुँदा शुक्रबार नै प्लान बनाएका सर्प्राइज बर्थ डे मनाएका थिए । उक्त भिडिओ शनिबार मात्रै राखिएको थियो । अहिले इन्ट्राग्राममा मात्रै ३ करोड पटक हेरिसकिएको छ ।
उनले कक्षा ११ र १२ लाई भौतिक शास्त्र पठाउने गर्दछन् । कक्षा १२ का विद्यार्थीले उनलाई कक्षा कोठामा बोलाएका थिए । विद्यार्थीले झगडा परेको बताएपछि आत्तिँदै कक्षा कोठामा पुगेका उनी त्यो देखेपछि एक छिन भावुक भए ।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
आन्दोलनरत शिक्षकका मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीबीच छलफल
१९ दिनदेखि शिक्षकको आन्दोलन जारी