अछाम : छैटौं साँफेबगर महोत्सब भोली देखि सुरु हुँदै छ । महोत्सबको भोली (शुक्रवार )बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कांग्रेस सहमहामन्त्री समेत रहेका माननिय बद्रि पाण्डेले गर्ने कार्यक्रम तय भएको छ ।
महोत्सब जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा रहेको निर्माधिन बसपार्कमा यहि माघ २६ देखि फागुन ५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सबको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत आयोजक लायन्स क्लब अफ साँफेबगरले जानकारी दिएको छ । बयालपाटा अस्पतालमा ब्लड बैक स्थापना गर्ने उदेश्यका साथ महोत्सब सञ्चालन गर्न लागीएको क्लबका अध्यक्ष कृष्ण कुँवरले जानकारी दिनु भयो । बयालपाटा अस्पतालले आर्थिक संकट झेलिरहेको अवस्थामा ब्लड बैक स्थापनाले बिरामीहरुलाई राहत हुने अध्यक्ष कुँवरले बताउनु भयो । बिगतमा भएका महोत्सबबाट पाठ सिक्दै अहिलेको महोत्सबले जसरी पनि आफनो उदेश्य पुरा गर्ने कुँवरले दाबी गरे । महत्वपुर्ण सामाजिक कार्यका लागी जिल्लाको छिमेकी पालिकाहरुसंग समेत आर्थिक सहयोग माग गरेको बताउनु भयो । महोत्सब अवधिभर रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ । महोत्सबको आर्थिक पाटोलाई पारदर्शि र उदेश्य पुरा गर्न तर्फ नैतिक जिम्मेवारीका साथ आयोजकले लागी परेको क्लबका कोषाध्यक्ष तथा आर्थिक सयोजक हिमाल कुवरले बताउनु भयो । उहाले स्थानीय उत्पादनलाई बिषेश महत्व दिईने समेत बताउनु भयो ।
छैटौ साँफेबगर महोत्सबको नारा स्थानीय उत्पादन,कला संस्कृति,खेलकुद तथा पर्यटन प्रवद्र्धन रहेको छ । महोत्सवका चर्चित राष्टीय कलाकारहरु रचना रिमाल,एन्जिला रेग्मी ,चक्र बम,समिक्षा अधिकारी,ज्योति मगर,उमा देबी खनाल,आशिष महर,लाल बहादुर धामी, अन्य कलाकारहरु रोजी कुवर,भीम बिष्ट,जनक साउद,प्रेम बोगटी लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सबमा स्थानीय कला संस्कृति झल्किने झाँकीहरु समेत प्रस्तुत गरिने छ । महोत्सबमा भलिबल प्रतियोगीता समेत सञ्चालन हुने भएको छ । महोत्सबमा ४२ स्टलहरु रहेका छन् ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन