अछाम : छैटौं साँफेबगर महोत्सब भोली देखि सुरु हुँदै छ । महोत्सबको भोली (शुक्रवार )बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य कांग्रेस सहमहामन्त्री समेत रहेका माननिय बद्रि पाण्डेले गर्ने कार्यक्रम तय भएको छ ।
महोत्सब जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगरमा रहेको निर्माधिन बसपार्कमा यहि माघ २६ देखि फागुन ५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सबको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत आयोजक लायन्स क्लब अफ साँफेबगरले जानकारी दिएको छ । बयालपाटा अस्पतालमा ब्लड बैक स्थापना गर्ने उदेश्यका साथ महोत्सब सञ्चालन गर्न लागीएको क्लबका अध्यक्ष कृष्ण कुँवरले जानकारी दिनु भयो । बयालपाटा अस्पतालले आर्थिक संकट झेलिरहेको अवस्थामा ब्लड बैक स्थापनाले बिरामीहरुलाई राहत हुने अध्यक्ष कुँवरले बताउनु भयो । बिगतमा भएका महोत्सबबाट पाठ सिक्दै अहिलेको महोत्सबले जसरी पनि आफनो उदेश्य पुरा गर्ने कुँवरले दाबी गरे । महत्वपुर्ण सामाजिक कार्यका लागी जिल्लाको छिमेकी पालिकाहरुसंग समेत आर्थिक सहयोग माग गरेको बताउनु भयो । महोत्सब अवधिभर रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ । महोत्सबको आर्थिक पाटोलाई पारदर्शि र उदेश्य पुरा गर्न तर्फ नैतिक जिम्मेवारीका साथ आयोजकले लागी परेको क्लबका कोषाध्यक्ष तथा आर्थिक सयोजक हिमाल कुवरले बताउनु भयो । उहाले स्थानीय उत्पादनलाई बिषेश महत्व दिईने समेत बताउनु भयो ।
छैटौ साँफेबगर महोत्सबको नारा स्थानीय उत्पादन,कला संस्कृति,खेलकुद तथा पर्यटन प्रवद्र्धन रहेको छ । महोत्सवका चर्चित राष्टीय कलाकारहरु रचना रिमाल,एन्जिला रेग्मी ,चक्र बम,समिक्षा अधिकारी,ज्योति मगर,उमा देबी खनाल,आशिष महर,लाल बहादुर धामी, अन्य कलाकारहरु रोजी कुवर,भीम बिष्ट,जनक साउद,प्रेम बोगटी लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सबमा स्थानीय कला संस्कृति झल्किने झाँकीहरु समेत प्रस्तुत गरिने छ । महोत्सबमा भलिबल प्रतियोगीता समेत सञ्चालन हुने भएको छ । महोत्सबमा ४२ स्टलहरु रहेका छन् ।
सम्वन्धित समाचार
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
काठमाडौंमा सुरक्षा व्यवस्था कडा, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्रीले बोलाए साँझ ७ बजे
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउनू:- देउवा
कक्षा १२ को परीक्षा सञ्चालन नगर्ने शिक्षक महासङ्घको निर्णय
दुर्गा प्रसाईंलाई झापा ल्याइपुर्याइयो, आजै काठमाडौं ल्याइने