बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता



बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन जिल्लामा स्वस्थ प्रतिस्पर्धा, शान्तिपूर्ण निर्वाचन र स्वतन्त्र मतदान गर्न पाउने वातावरण बनाउन बाजुराका ८ जना उम्मेदवारद्वारा सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीवार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरी एक स्वतन्त्र र ७ दलका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

उम्मेदवारहरुले सामूहिक प्रतिबद्धतामा जिल्लामा सामाजिक शान्ति तथा अमन चयन, समानता, राजनीतिक सद्भाव र सुशासनका लागि उम्मेदवारी रहेको भन्दै यसको कार्यान्वयनमा सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रचार–प्रसारलाई शिष्ट, मर्यादित र अहिंसात्मक बनाउने तथा उम्मेदवारको व्यक्तिगत जीवनमाथि टीकाटिप्पणी नगर्ने भनाइले विगतका चुनावी विकृतिप्रति आत्मसमीक्षा गरेको थिए ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बाजुराका राजनीतिक दल र उम्मेदवारहरूले सार्वजनिक रूपमा संयुक्त प्रतिबद्धता जनाउनु जिल्लाको चुनावी इतिहासमा सकारात्मक रहेको पाइन्छ।

यस अघिका निर्वाचनमा प्रायः प्रतिस्पर्धा तीव्र हुने निर्वाचनमा आपसी द्धन्द्ध, आरोप–प्रत्यारोप र सामाजिक तनाव देखिँदै आएको थियो ।

त्यस्तै निर्वाचनको प्रचार र मतदान प्रक्रियामा कसैबाट कुनै प्रकारको धाँधली, घुसपैठ जस्ता कार्य तथा व्यवहार भएमा संयुक्त अस्वीकार गर्ने, निर्वाचनमा उत्पन्न हुने विवाद आपसी संवादबाट व्यवस्थापन गर्ने, निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, उम्मेदवारीको विषय बनाई व्यक्ति, समूह तथा समुदायविच द्धन्द्ध उत्पन्न हुने कार्य नगर्न नगराउन आम जनसमुदाय र मतदातामा अनुरोध सहितको प्रतिबद्धता जनाएका छन् ।

एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसबाट जनक गिरी, नेकपा एमालेबाट लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश शाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर शाही, नेकपा माओवादीबाट भुपेन्द्र वि.क, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दिपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.