पहिचान पक्षधर र कोशी सरकारबीच वार्ता शुरु



विराटनगर । पहिचान पक्षधर र कोशी सरकारबीच वार्ता शुरु भएको छ । प्रदेशको नाम कोशी राखेपछि असन्तुष्ट प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति र कोशी सरकारले बनाएको वार्ता टोलीबीच वार्ता शुरु भएको हो ।

वार्तामा प्रदेश नं १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिको तर्फबाट डकेन्द्रसिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङदेन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी सहभागी छन् ।

सरकारी वार्ता टोलीमा भने संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगू, पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिवको रूपमा सहभागी छन् ।
Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही 9848222440
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.