काठमाडौं । संसदीय दलको नेतामा चयन भएको एक वर्ष पुगिसक्दा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको उपनेता बनाएका छैनन् ।
कांग्रेसको संसदीय दलको विधान अनुसार दलको नेताले उपनेता मनोनीत गर्ने व्यवस्था छ । गत पुस ६ मा देउवा संसदीय दलको नेतामा चयन भएको एक वर्ष पुगेको छ । अघिल्लोपटक भने देउवाले संसदीय दलको नेतामा निर्वाचित भएकै महिना अर्थात् २०७४ फागुनमा उपनेता मनोनीत गरेका थिए ।
अघिल्लो संसदमा देउवाले उपसभापति विजय गच्छदारलाई दलको उपनेतामा मनोनीत गरेका थिए । तत्कालीन समयमा देउवालाई दलको नेता बनाउँदा गच्छदार प्रस्तावक बनेका थिए । यसपटक देउवा प्रस्तावक बनेका रामचन्द्र पौडेल राष्ट्रपति बने ।
संसदीय दल विधानमा दलको नेताले आफ्नो कार्यमा सहयोग गर्न तथा तोकेको काम गर्नसदस्य मध्येवाट एक उपनेता मनोनयन गर्न व्यवस्था छ । दलका नेताको अनुपस्थितिमा उपनेताले संसदीय दल र कार्यसमिति वैठकको अध्यक्षता गर्ने अधिकार छ ।
कांग्रेसले संसदीय कार्यसमिति पनि हालसम्म गठन गरेको छैन । संसदीय दलको कार्यसमितिमा २३ जना हुने व्यवस्था छ ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार पहिले कार्यसमितिको निर्वाचन हुने त्यसलगत्तै दलको उपनेता मनोनीत हुनेछन् ।
सम्वन्धित समाचार
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र
विश्वकप लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित
सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी