काठमाडौं । संसदीय दलको नेतामा चयन भएको एक वर्ष पुगिसक्दा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको उपनेता बनाएका छैनन् ।
कांग्रेसको संसदीय दलको विधान अनुसार दलको नेताले उपनेता मनोनीत गर्ने व्यवस्था छ । गत पुस ६ मा देउवा संसदीय दलको नेतामा चयन भएको एक वर्ष पुगेको छ । अघिल्लोपटक भने देउवाले संसदीय दलको नेतामा निर्वाचित भएकै महिना अर्थात् २०७४ फागुनमा उपनेता मनोनीत गरेका थिए ।
अघिल्लो संसदमा देउवाले उपसभापति विजय गच्छदारलाई दलको उपनेतामा मनोनीत गरेका थिए । तत्कालीन समयमा देउवालाई दलको नेता बनाउँदा गच्छदार प्रस्तावक बनेका थिए । यसपटक देउवा प्रस्तावक बनेका रामचन्द्र पौडेल राष्ट्रपति बने ।
संसदीय दल विधानमा दलको नेताले आफ्नो कार्यमा सहयोग गर्न तथा तोकेको काम गर्नसदस्य मध्येवाट एक उपनेता मनोनयन गर्न व्यवस्था छ । दलका नेताको अनुपस्थितिमा उपनेताले संसदीय दल र कार्यसमिति वैठकको अध्यक्षता गर्ने अधिकार छ ।
कांग्रेसले संसदीय कार्यसमिति पनि हालसम्म गठन गरेको छैन । संसदीय दलको कार्यसमितिमा २३ जना हुने व्यवस्था छ ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार पहिले कार्यसमितिको निर्वाचन हुने त्यसलगत्तै दलको उपनेता मनोनीत हुनेछन् ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन