पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गण्डकी क्षेत्रमा राजावादीहरू सुरक्षा चुनौतीका रूपमा रहेको बताएका छन् । पोखरामा गण्डकी स्तरीय सुरक्षा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राजावादी अभियानका कारण चुनौती बढेको बताए ।
‘समग्रमा गण्डकीमा सुरक्षा अवस्था राम्रो छ । तैपनि केही चुनौतीहरू छन्,’ उनले भने, ‘राष्ट्रिय रूपमा रहेका चुनौती यहाँ पनि छन् । तत्कालका लागि भन्दा खेरी संविधान नमान्नेहरूका कारण चुनौती छ । संविधान उल्लङ्घन गर्छु भन्ने, राजतन्त्र स्थापित गर्छु भन्ने, धार्मिक राज्य बनाउँछु भन्नेहरूले चुनौती थपेका छन् ।’
उनले सहकारी पीडित र मिटरब्याज पीडितका अभियानहरू पनि चुनौतीको रूपमा रहेको सुनाए । श्रेष्ठले भ्रष्टाचार देशको प्रमुख शत्रु भएकाले सरकार भ्रष्टाचार अन्त्य गर्न जिम्मेवार भएर लाग्ने बताए । उनले भ्रष्टाचार माथिल्लो तहमा रहेको पनि स्वीकारे । ‘माथिल्लै तहमा भ्रष्टाचार छ । पहुँच भएका वर्ग, राजनीतिक नेता र कर्मचारी नै संलग्न छन्,’ उनी भन्छन्, ‘एकातिर सुशासनको माग गर्ने अर्कोतिर कारबाही गर्न नदिने । अब कसलाई कारबाही गर्ने त रु’
राज्यलाई लुटेको टुलुटुलु हेरेर नबस्ने श्रेष्ठको दाबी छ । सङ्क्रमणकालीन न्याय यही संसदबाट टुङ्गोमा पुर्याउने उनले सुनाए । ‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन गर्छौँ । शान्ति प्रक्रियालाई पूर्णता दिने पक्षमा सरकार छ,’ उनले भने, ‘सबै दलसँगको समझदारीमा यो टुङ्गोमा पुग्छ ।’
उनले प्रहरी समायोजनको विषय प्रक्रियामा रहेको बताए । २४ गते राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर समायोजनका लागि समिति गठन गर्ने गृहमन्त्री श्रेष्ठले बताए । ‘२४ गते समिति गठन हुन्छ । समितिले अध्ययन सहित समायोजन कार्य तालिका दिन्छ,’ उनले भने, ‘कार्य योजनाका आधारमा काम हुन्छ ।’ प्रहरी, सशस्त्र प्रहरी र समायोजन सम्बन्धी विधेयक आगामी संसदमा पेश गर्ने उनको भनाई छ ।
सम्वन्धित समाचार
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र
विश्वकप लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित
सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी