काठमाडौं । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दक्षिण अफ्रिकामा नेपालले आज टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्यो । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । उनी अद्र्धशतक बनाउनबाट मात्र दुई रनले चुके ।
केसीले एक सय बल खेल्दै ६ चौका प्रहार गरे । यस्तै कप्तान देव खनालले ३५, सुवाश भण्डारीले अविजित १८ तथा अर्जुन कुमालले १४ रन बनाए ।
बलिङतर्फ बङ्गलादेशका लागि रोहानत दोउल्लाह बोर्सनले चार, शेख प्रवेज जिवनले तीन तथा इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले १-१ विकेट लिए ।



सम्वन्धित समाचार
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित
एनपीएल दोस्रो संस्करणको तिथि घोषणा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
विश्वकप लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै