बैतडीः बैतडीमा एक वडा कार्यालय सहयोगी मृत भेटिएका छन्।
मेलौली नगरपालिका–८ कोटिगाँउका कार्यालय सहयोगी लक्ष्मणसिंह बिष्ट मृत भेटिएका हुन्। बिहान उपचारको लागि धनगढी जान्छु भनि हिँडेका विष्ट वडाकै हरडाखान धर्मशालाको उकालो बाटोमा शुक्रबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए।
बिष्टलाई स्थानीयले बाटोमा घोप्टो परेको अवस्थामा फेला पारेका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको प्रहरी प्रवक्ता जोशीले बताए। अहिले मृतक बिष्टको शव मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।



सम्वन्धित समाचार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा सभा गर्दै
बाजुरामा जीप दुर्घटना २ को मृत्यु, १५ जना घाइते
धनगढीमा भीषण आगलागीबाट ८ सटर जलेर नष्ट
पूर्वमुख्यमन्त्री सोडारीको सांसद पद निलम्बनको पत्र प्रदेश सभा पुग्यो