१९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै



काठमाडौं :  १९ वर्षमुनिको विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ।

समूह चरणबाट सुपर सिक्समा पुग्न निर्णायक खेलमा दुवै टोली जितको खोजीमा छन्। खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे इस्ट लन्डनमा हुनेछ। ​

समुह डी को पहिलो खेलमा न्युजिल्याण्डसँग नेपाल ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले हारेपछि सुपर सिक्समा पुग्न नेपाललाई अन्तिम खेलमा जित्नै पर्ने दबाबमा छ।

यो समूहमा नेपालसँगै अफगानिस्तानले पनि आफ्नो दुवै खेल हारेको छ। त्यसैले अन्तिम खेल उसका लागि पनि निर्णायक छ।

प्रत्येक समूहका शीर्ष ३९३ टोली सुपर सिक्समा पुग्नेछन्। समूह डी को शीर्ष ३ टोलीले भारत रहेको समुह ए का शीर्ष ३ टोलीसँग खेल्नु पर्ने हुन्छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही 9848222440
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.