काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका थिए ।
उनको प्रस्तावलाई बैठकले पारित गरेको चालिसेले जानकारी दिए ।
मुलुकको विशिष्ट परिस्थितिको मागलाई सहि ढंगले सम्बोधन गर्ने जमर्कोको रुपमा लिन कांग्रेसले आग्रह गरेको छ ।
सभापति थापा आगामी चुनावमा सर्लाहीबाट चुनाव लड्दै छन्।



सम्वन्धित समाचार
गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा
बाबुराम भट्टराईले गोरखा-२ बाट लिए उम्मेदवारी फिर्ता
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सुनको भाउ ३ लाख माथि नाघ्यो
महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी
गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने