काठमाडौं । विश्वमा हालसम्मकै ठूलो डाटा लिकको घटना सार्वजनिक भएको छ । यस घटनामा अर्बौंको संख्यामा विभिन्न अनलाइन अकाउन्टहरु ह्याक भएका छन् । डाटा लिकको उक्त घटनापछि साइबर अपराधसँग सम्बन्धित चिन्ता झनै बढेको छ ।
विश्वमा हरेक दिन ठूलो संख्यामा मानिसहरु साइबर अपराधको सिकार हुन्छन् । यस्तोमा अर्बौं अकाउन्टका डेटाहरु लिक हुने विश्वभरका लागि एउटा ठूलो चिन्ताको विषय बनेको छ ।
रिपोर्ट अनुसार कम्तिमा २६ अर्ब अकाउन्टका डाटाहरु लिक भएका छन् । यसमा लिंक्डइन, स्नापच्याट, भेन्मो, एडोब र ट्वीटर अकाउन्ट समेत सामेल छन् । त्यसैले यसलाई इतिहासकै ठूलो डेटा लिक भनिएको छ ।
लिक भएका डेटामा युजरनेम तथा पासवर्ड जस्ता लगइन क्रेडेन्सियलका अलावा अन्य विवरणहरु पनि रहेका छन् । साइबर न्यूजको रिपोर्ट अनुसार यसरी लिक भएका डाटाहरुमा अधिकांस संवेदनशील विवरणहरु छन् । साइबर विज्ञहरुका अनुसार साइबर अपराधीहरुको हातमा पर्दा यसले इन्टरनेट प्रयोगकर्तालाई ठूलो जोखिमको सिर्जना गर्नेछ ।
लिक भएका डेटामध्ये ठूलो संख्यामा चिनियाँ इन्स्ट्यान्ट मेसेजिङ्ग प्लाटफर्म टेन्सेन्ट प्रयोगकर्ताका डाटा छन् । यसका १.४ अर्ब प्रयोगकर्ताका डाटा लिक भएका छन् ।
त्यस्तै दोस्रो नम्बरमा विबो रहेको छ, जसका ५० करोड ४० लाख अकाउन्टका डेटा लिक भएका छन् भने माइस्पेसका ३६ करोड, ट्वीटरका २८ करोड १० लाख र लिंक्डइनका २५ करोड १० लाख प्रयोगकर्ताका डाटा लिक भएका छन् । त्यस्तै म्युजिक स्ट्रिमिङ प्लाटफर्म डीजरका २५ करोड ८० लाख प्रयोगकर्ताका डाटा पनि लिक भएका छन् ।
त्यसका साथै एडोब, टेलिग्राम, ड्रपबक्स, दूरड्यास, क्यान्भा र स्नापच्याट लगायतका विभिन्न प्लाटफर्ममा डेटा पनि त्यसमा सामेल छन् ।
यदि यी २७ अर्ब डाटामा आफ्नो नाउँका डाटाहरु पनि छन् कि भन्ने जान्न मन छ भने तपाईंले सजिलैसँग त्यो पत्ता लगाउन सक्नुहुन्छ । त्यसका लागि https://cybernews.com/personal-data-leak-check/ वेबसाइटमा गएर आफ्नो इमेल ठेगाना हालेर हेर्न सक्नुहुन्छ ।
– एजेन्सी
सम्वन्धित समाचार
नेपालमा कृषि क्षेत्रको महत्व र यसको वर्तमान अवस्था
नारायणगढ-बुटवल सडक अवरुद्ध
युवा नीति परिमार्जन तत्कालको आवश्यकता
युवा नीति परिमार्जन तत्कालको आवश्यकता
म निष्ठापूर्व काम गर्न प्रतिवद्व छु: मन्त्री पाण्डे
बाजुरा महोत्सवमा (शनिबार ) आज समिक्षा अधिकारी लगायको प्रस्तुति रहने