काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ । उक्त खेल दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।
दुबै टिम प्रतियोगितामा जितबिहिन छन् । यो खेल जुन टिमले जित्छ उक्त टिम विश्वकपको सुपर सिक्सको यात्रा तय गर्नेछ । चार टोली रहेको समूहबाट शीर्ष तीन टोली दोस्रो चरणमा पुग्ने भएकाले नेपालको सम्भावना कायमै छ ।
नेपाल नेटरनरेट आधारमा अफगानिस्तानभन्दा अगाडि रहँदै तेस्रोमा छ । नेपाललाई अफगानिस्तानसंगको खेल बराबरीले पनि पुग्नेछ ।
पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित नेपाल दोस्रो खेलमा बुधबार पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।
अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानसँग १८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो । पाकिस्तानसँग २८५ रनको लक्ष्य पाएको अफगान टोली १०३ रनमा अलआउट भएको थियो ।
दोस्रो खेलमा अफगानिस्तानलाई ९१ रनमा अलआउट गर्दै न्युजिल्यान्डले जीतको आधार बलियो बनाए पनि उसलाई सजिलो भने भएन ।
नेपालले न्युजिल्यान्डविरुद्ध ३०३ रनको लक्ष्य पछ्याउने क्रममा २३८ रन जोडेको थियो भने पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै १९७ रन जोडेको थियो ।



सम्वन्धित समाचार
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित
एनपीएल दोस्रो संस्करणको तिथि घोषणा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
विश्वकप लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै