काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरेका छन् । थापा र शर्माले विरुवामा पानी सिँचित गर्दै विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्।
पानसमा बत्ती बाल्दै उनीहरुले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण पनि गरेका थिए।
पार्टीका ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विधानको धारा १७(२)अनुसार विशेष महाधिवेशन माग गरेका थिए । तर, पार्टी संस्थापन समूहले त्यसलाई विधानसम्मत नभएको भन्दै टारिरहेको बेलामा महामन्त्रीद्वयले आह्वान गरेका हुन् ।
पार्टीको नियमित महाधिवेशन समयमै हुन नसक्ने परिस्थिति बनेपछि दुई महामन्त्रीको आह्वानमा यो विशेष महाधिवेशन आयोजना गरिएको हो।



सम्वन्धित समाचार
एमाले महाधिवेशस्थलमा ज्योती मगर, एमाले उम्मेदवारको प्रचारमा
एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम र लुम्बिनी तथा जनकपुर र पोखरा खेल्दै
“Unlocking Opportunities: Association Act 2082 for Inclusive Development”
Impulsiveness in Poetic Discourse
संवैधानिक राष्ट्रिय युवा आयोग गठनको माग
साउनकाे पहिलो साेमबारकाे अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ मन्दिरकाे अनुगमन