काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गरेका छन् । थापा र शर्माले विरुवामा पानी सिँचित गर्दै विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्।
पानसमा बत्ती बाल्दै उनीहरुले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण पनि गरेका थिए।
पार्टीका ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विधानको धारा १७(२)अनुसार विशेष महाधिवेशन माग गरेका थिए । तर, पार्टी संस्थापन समूहले त्यसलाई विधानसम्मत नभएको भन्दै टारिरहेको बेलामा महामन्त्रीद्वयले आह्वान गरेका हुन् ।
पार्टीको नियमित महाधिवेशन समयमै हुन नसक्ने परिस्थिति बनेपछि दुई महामन्त्रीको आह्वानमा यो विशेष महाधिवेशन आयोजना गरिएको हो।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता
एमाले महाधिवेशस्थलमा ज्योती मगर, एमाले उम्मेदवारको प्रचारमा