काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आज ७८ औं स्थापना दिवस मनाउँदै छ । भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ गतेलाई आधार मानेर हरेक वर्ष कांग्रेसले स्थापना दिवस मनाउँदै आएको छ ।
यस वर्ष स्थापना दिवसको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने नेपाली कांग्रेसले जनाएको छ ।
वीपी कोइरालाको पहलमा २००३ साल माघ १२ गतेसम्म कलकत्ताको भवानीपुरमा युवाहरुको पहिलो भेला भएको थियो । त्यो भेलाले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो । गणेशमान सिंहको प्रस्तावअनुसार भेलाले टंकप्रसाद आचार्यलाई सभापति र वीपी कोइरालालाई कार्यवाहक सभापति चयन गरेको थियो ।
अभियान १६ माघमा शहीद दिवसको अवसर पारेर ६ हजार ७४३ वडामा मात्र कार्यक्रम हुने गरी कार्यतालिका बनाइएको छ । अन्तिम दिन माघ २६ गते पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवससँगै अभियान समापन हुनेछ ।
सम्वन्धित समाचार
नेपालमा कृषि क्षेत्रको महत्व र यसको वर्तमान अवस्था
नारायणगढ-बुटवल सडक अवरुद्ध
युवा नीति परिमार्जन तत्कालको आवश्यकता
युवा नीति परिमार्जन तत्कालको आवश्यकता
म निष्ठापूर्व काम गर्न प्रतिवद्व छु: मन्त्री पाण्डे
बाजुरा महोत्सवमा (शनिबार ) आज समिक्षा अधिकारी लगायको प्रस्तुति रहने