काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा गायिका ज्योति मगर पनि प्रचारप्रसारमा उत्रिएकी छन् । उनी एक उम्मेदवारका लागि भोट माग्दै जुलुसमै सहभागी भइन् ।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । त्यसअघि विभिन्न उम्मेदवार र उनीहरुका समर्थकहरु प्रचार प्रसारमा व्यस्त छन् ।
ज्योती मगरले पार्टीलाई समावेशी बनाउन र युवालाई केन्द्रीय कमिटीमा ल्याउन आफू पनि भोट माग्दै हिंडेको बताइन् । पार्टीले पुस्तान्तरण गर्ने कुरा छ राजनीति, त्यसकारणले गर्दाखेरि युवा चाहियो, समावेशीता चाहियो ।
एमालेको ११औँ महाधिवेशन राजधानीमा शनिवारदेखि जारी छ । भक्तपुरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र र चुनावी कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ ।



सम्वन्धित समाचार
एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम र लुम्बिनी तथा जनकपुर र पोखरा खेल्दै
“Unlocking Opportunities: Association Act 2082 for Inclusive Development”
Impulsiveness in Poetic Discourse
संवैधानिक राष्ट्रिय युवा आयोग गठनको माग
साउनकाे पहिलो साेमबारकाे अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ मन्दिरकाे अनुगमन
अघिल्लो वर्षको तुलनामा राजस्व १ खर्ब २० अर्बले बढ्यो