काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा गायिका ज्योति मगर पनि प्रचारप्रसारमा उत्रिएकी छन् । उनी एक उम्मेदवारका लागि भोट माग्दै जुलुसमै सहभागी भइन् ।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । त्यसअघि विभिन्न उम्मेदवार र उनीहरुका समर्थकहरु प्रचार प्रसारमा व्यस्त छन् ।
ज्योती मगरले पार्टीलाई समावेशी बनाउन र युवालाई केन्द्रीय कमिटीमा ल्याउन आफू पनि भोट माग्दै हिंडेको बताइन् । पार्टीले पुस्तान्तरण गर्ने कुरा छ राजनीति, त्यसकारणले गर्दाखेरि युवा चाहियो, समावेशीता चाहियो ।
एमालेको ११औँ महाधिवेशन राजधानीमा शनिवारदेखि जारी छ । भक्तपुरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र र चुनावी कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन