एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम र लुम्बिनी तथा जनकपुर र पोखरा खेल्दै



काठमाडौं । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का खेलहरू हुँदैछन् ।

पौने १२ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनीले अपराजित सुदूरपश्चिमको सामना गर्न लागेको हो । लुम्बिनीले ३ खेल खेल्दा १ जित र २ हारको नतिजा निकालेको छ । सुदूरपश्चिमले ३ खेल खेल्दा ३ वटै जितेको छ ।

यस खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान र उपकप्तानबीचको भिडन्त पनि रहनेछ । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हराउँदा त्यसपछि कर्णाली याक्स र काठमान्डु गोर्खाजसँग पराजित भएको छ ।

सुदूरपश्चिमले काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स र कर्णाली याक्ससँगको खेल जितेर आएको छ । हालसम्म अपराजित रहने सुदूरपश्चिम एक्लो टोली हो । दुई टोलीबीच गत संस्करण भएको खेलमा सुदूरपश्चिम विजयी भएको थियो ।

यस्तै आजै हुने अर्को खेलमा दुई जितविहीन टोली भिड्दै छन् । जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स दुवैले हालसम्म खेलेका २ वटै खेल हारेका छन् । जनकपुर काठमान्डु गोर्खाज र विराटनगर किङ्ससँग पराजित भएको थियो भने पोखरा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

गत संस्करणमा भएको खेलमा जनकपुरले पोखरामाथि ७ विकेटको जित हासिल गरेको थियो । अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.