बाजुरा । ग्रीन तारा नेपालले जिल्ला अस्पताल बाजुरालाई अल्ट्रा साउण्ड मेसिन सहयाेग गरेको छ । विहिबार एक कार्यक्रका बिच ग्रीन तारा नेपालकी फिल्ड ब्यवस्थापक कविता थापाले जिल्ला अस्पताल बाजुरालाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेको हो ।
ग्रीन तारा नेपालको करुणा डचल्याण्डको समन्वय र डाक्टर मेड. विन्फ्रिएदको सहयोगमा जिल्ला अस्पताल बाजुरालाई अल्ट्रा साउण्ड मेसिन हस्तान्तरण गरेको ग्रिन तारा नेपाल जिल्ला ब्यवस्थापक कविता थापाले बताईन ।
सस्थाले जिल्ला अस्पताल बाजुरालाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेपछि गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच, भिडियो एक्सरे लगायतका सेवाहरुमा सहजता हुने जिल्ला अस्पताल बाजुराका प्रमुख डा. समिता पुनले बताएकी छन ।
त्यस्तै उक्त मेसिनबाट पेटमा रहेका अंगहरू किड्नी, कलेजो, गलब्ल्याडर, प्यानक्रियाज, प्रोस्टेस्टलगायतका अंगहरू पेटको अल्ट्रासाउण्ड मार्फत गर्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन ।
जिल्ला अस्पताल बाजुरामा उक्त मेसिन भएपनि थप सेवा प्रवाहमा सहजता हुने अस्पताल प्रमुख डाक्टर पुनले बताइन् ।
दुर्गमगाउँका अधिकांश गर्भवतीहरुलाई गर्भावस्थाको ९ महिनासम्म पनि आफ्नो पेटमा बच्चा कस्तो अवस्थामा छ भनेर महिलाहरुलाई थाहा नभएकै कारण अधिकाशं बच्चा र आमाले ज्यान गुमाउनु पर्ने अवस्था जिल्लामा छ ।
गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच, नवजात शिशुको मृत्युदर र गर्वभती आमाको मृत्युदर घटाउन अल्ट्रासाउन्ड मेसीनले थप सहयोग पुर्याउने जिल्ला अस्पताल बाजुराले बताएको छ ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन