बाजुरा । ग्रीन तारा नेपालले जिल्ला अस्पताल बाजुरालाई अल्ट्रा साउण्ड मेसिन सहयाेग गरेको छ । विहिबार एक कार्यक्रका बिच ग्रीन तारा नेपालकी फिल्ड ब्यवस्थापक कविता थापाले जिल्ला अस्पताल बाजुरालाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेको हो ।
ग्रीन तारा नेपालको करुणा डचल्याण्डको समन्वय र डाक्टर मेड. विन्फ्रिएदको सहयोगमा जिल्ला अस्पताल बाजुरालाई अल्ट्रा साउण्ड मेसिन हस्तान्तरण गरेको ग्रिन तारा नेपाल जिल्ला ब्यवस्थापक कविता थापाले बताईन ।
सस्थाले जिल्ला अस्पताल बाजुरालाई अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेपछि गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच, भिडियो एक्सरे लगायतका सेवाहरुमा सहजता हुने जिल्ला अस्पताल बाजुराका प्रमुख डा. समिता पुनले बताएकी छन ।
त्यस्तै उक्त मेसिनबाट पेटमा रहेका अंगहरू किड्नी, कलेजो, गलब्ल्याडर, प्यानक्रियाज, प्रोस्टेस्टलगायतका अंगहरू पेटको अल्ट्रासाउण्ड मार्फत गर्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन ।
जिल्ला अस्पताल बाजुरामा उक्त मेसिन भएपनि थप सेवा प्रवाहमा सहजता हुने अस्पताल प्रमुख डाक्टर पुनले बताइन् ।
दुर्गमगाउँका अधिकांश गर्भवतीहरुलाई गर्भावस्थाको ९ महिनासम्म पनि आफ्नो पेटमा बच्चा कस्तो अवस्थामा छ भनेर महिलाहरुलाई थाहा नभएकै कारण अधिकाशं बच्चा र आमाले ज्यान गुमाउनु पर्ने अवस्था जिल्लामा छ ।
गर्भवती महिलाहरुको स्वास्थ्य चेकजाँच, नवजात शिशुको मृत्युदर र गर्वभती आमाको मृत्युदर घटाउन अल्ट्रासाउन्ड मेसीनले थप सहयोग पुर्याउने जिल्ला अस्पताल बाजुराले बताएको छ ।
सम्वन्धित समाचार
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र
विश्वकप लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित
सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी