कैलाली । सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । सहायक निर्वाचन अधिकृत प्रेम भट्टले मतगणना सुरु भएको जानकारी दिए ।
त्यस्तै स्थानीय तहका १७६ जनप्रतिनिधिमध्ये एक जनाको निधन भएको थियो । १७५ जनामध्ये धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले मतदान गरेनन् ।
यहाँ तीन पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मतगणनालगत्तै परिणाम सार्वजनिक हुने भट्टले बताए ।
कोशीमा २ घण्टापछि परिणाम आउने
सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले मतगणना सुरु भएको दुई घन्टापछि कोशी प्रदेशबाट परिणाम आइसक्ने बताएका छन् । कोशीमा ३ जना स्थानीय तहका प्रतिनिधिबाहेक सबैले मतदान गरेका छन् ।
मतदान नगर्नेहरूमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार मतदानमा अनुपस्थित भए ।
यस्तै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह निलम्बित छन् । उनलाई यसअघि नै भ्रष्टाचारको मुद्दा लागेको छ । प्रदेशसभामा रहेका ९३ जना नै प्रदेशसभा सांसदले मतदान गरेका छन् ।
कोशी प्रदेशमा अन्य १ जना र महिला १ जनाका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पा कार्की उम्मेदवार छन् भने एमाले–राप्रपा गठबन्धनबाट एमालेकी रुक्मिणी कोइराला र राप्रपाका उद्धव पौडेल उम्मेदवार छन् ।



सम्वन्धित समाचार
“Unlocking Opportunities: Association Act 2082 for Inclusive Development”
शिक्षामा एआईको प्रयोग: नेपालको शैक्षिक भविष्यका लागि एक महत्वपूर्ण आवश्यकता
नेपालमा कृषि क्षेत्रको महत्व र यसको वर्तमान अवस्था
नारायणगढ-बुटवल सडक अवरुद्ध
युवा नीति परिमार्जन तत्कालको आवश्यकता
युवा नीति परिमार्जन तत्कालको आवश्यकता