काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसिसी यू-१९ विश्वकपको पहिलो चरणमा लगातार दुई हार ब्यहोरेको छ । समूहमा अब एक खेल मात्र खेल्न बाँकी रहेपनि नेपालको अगाडि बढ्ने सम्भावना कायमै छ।
समूहको आफ्नो अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराउन सके नेपाल सुपर सिक्समा पुग्नेछ । प्रतियोगिताको दोस्रो चरणमा ६-६ टोलीका दुई वटा समूह रहनेछन् । पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित नेपाल दोस्रो खेलमा बुधबार पाकिस्तानसँग ५ विकेटले निराश भएको थियो ।
अफगानिस्तानले पहिलो खेलमा पाकिस्तानसँग १८१ रन र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो । पाकिस्तानसँग २८५ रनको लक्ष्य पाएको अफगान टोली १०३ रनमा अलआउट भएको थियो ।
दोस्रो खेलमा अफगानिस्तानलाई ९१ रनमा अलआउट गर्दै न्युजिल्यान्डले जीतको आधार बलियो बनाए पनि उसलाई सजिलो भने भएन । नेपालले न्युजिल्यान्डविरुद्ध ३०३ रनको लक्ष्य पछ्याउने क्रममा २३८ रन जोडेको थियो भने पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै १९७ रन जोडेको थियो ।
पहिलो चरणमा नेपाल समूह ‘डी’मा छ । समूह ‘ए’ र समूह ‘डी’का शीर्ष ३/३ टोली सुपर सिक्समा भिड्नेछन् ।
सम्वन्धित समाचार
राखेपको उपाध्यक्षमा आचार्य नियुक्त
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
नेपाल प्रिमियर लिगका प्लेअफका २ खेल हुँदै
एनपीएल: सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, चितवन र कर्णाली इलिमिनेटरमा भिड्ने
सुदूरपश्चिम र कर्णाली भिड्दै