घरको ५ तलाबाट हाम फालेका धनगढीका एक व्यवसायीको मृत्यु



धनगढीः घरको ५ तलाबाट हाम फालेका धनगढीका एक व्यवसायीको मृत्यु भएको छ।

धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन्। घटना बुधवार (आज) विहान करिब ११ः२० को हो। घरायसी विवादका कारण घरको छतबाट हाम फालेको प्रहरीले बताएको छ। हाम फालेका अग्रवालको उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। पारिवारिक बिबादका कारण उनले हाम फालेको प्रहरीको भनाई छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.