वाईसीएलको नयाँ नेतृत्वमा सहमति जुटाउन साँझ ६ बजेको समयसीमा



काठमाडौं । आइतबारदेखि सुरु भएको नेकपा माआवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्वमा सहमति जुटाउन साँझ ६ बजेसम्मको समय दिएको छ ।  तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा छैंठो दिनसम्म लम्बिएको छ ।

बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन आजदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको छ । पछिल्ला तीनदिनदेखि सहमति नेतृत्व ल्याउनका लागि प्रयास भइरहेपनि चयन हुन भने सकेको छैन । सहमति खोज्नका लागि निर्वाचन आयोगले तीनपटकसम्म निर्वाचनका कार्यतालिका संशोधन गरेको छ ।

वाईसीएलको नयाँ नेतृत्वमा सहमति जुटाउन पार्टीले उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ । उपमहासचिव बस्नेत, वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, संगठन अध्यक्ष सुवोध शेर्पाली सहमति खोज्न बैठक बसिरहेको वाईसीएलका अध्यक्ष शेर्पालीले जानकारी गराए ।

वाईसीएलका अध्यक्ष शेर्पालीले शुक्रबार नयाँ नेतृत्व चयन हुने दाबी गरे । ‘पार्टीले हामीलाई छ बजेसम्मको समयसीमा दिएको छ । अध्यक्षको दाबी गर्नेसँग पार्टीका नेताहरुले पनि सहजीकरण गरिरहनुभएको छ ।

वाईसीएल नेताहरुका अनुसार अध्यक्षका आकांक्षी १३ जनाबाट घटेर ३ मा आइपुगेको छ ।

तीन जनामा एकले अर्कोलाई छोड्न तयार नहुँदा सहमति जुट्न नसकेको संगठनका एक नेताले जानकारी गराए । संगठन स्रोतका अनुसार केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामी वीचमा सहमति जुटाउने प्रयास भइरहेको छ । कुँवर वर्तमान समितिमा उपाध्यक्ष, ओली उपमहासचिव छन् भने पुलामी सचिव हुन् ।

अध्यक्षको नाममा सहमति जुटेपछि अन्य पदमा समस्या नहुने संगठनका नेताहरुले बताएका छन् । निर्वाचन आयोगका अनुसार तेस्रो सम्मेलनका लागि १५३४ प्रतिनिधि सहभागी भएका छन् ।

उम्मेदवारको अन्तिम नामावलीको समय साँझ ५ः२० बजेका लागि तय गरिएको छ । मतदानको समय भने कार्यतालिकामा राखिएको छैन । निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गर्दा मतदानको समय ‘तत्कालीन अवस्था अनुसार’ हुने सूचना निकालेको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.