काठमाडौं । आइतबारदेखि सुरु भएको नेकपा माआवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्वमा सहमति जुटाउन साँझ ६ बजेसम्मको समय दिएको छ । तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा छैंठो दिनसम्म लम्बिएको छ ।
बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन आजदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको छ । पछिल्ला तीनदिनदेखि सहमति नेतृत्व ल्याउनका लागि प्रयास भइरहेपनि चयन हुन भने सकेको छैन । सहमति खोज्नका लागि निर्वाचन आयोगले तीनपटकसम्म निर्वाचनका कार्यतालिका संशोधन गरेको छ ।
वाईसीएलका अध्यक्ष शेर्पालीले शुक्रबार नयाँ नेतृत्व चयन हुने दाबी गरे । ‘पार्टीले हामीलाई छ बजेसम्मको समयसीमा दिएको छ । अध्यक्षको दाबी गर्नेसँग पार्टीका नेताहरुले पनि सहजीकरण गरिरहनुभएको छ ।
वाईसीएल नेताहरुका अनुसार अध्यक्षका आकांक्षी १३ जनाबाट घटेर ३ मा आइपुगेको छ ।
तीन जनामा एकले अर्कोलाई छोड्न तयार नहुँदा सहमति जुट्न नसकेको संगठनका एक नेताले जानकारी गराए । संगठन स्रोतका अनुसार केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामी वीचमा सहमति जुटाउने प्रयास भइरहेको छ । कुँवर वर्तमान समितिमा उपाध्यक्ष, ओली उपमहासचिव छन् भने पुलामी सचिव हुन् ।
अध्यक्षको नाममा सहमति जुटेपछि अन्य पदमा समस्या नहुने संगठनका नेताहरुले बताएका छन् । निर्वाचन आयोगका अनुसार तेस्रो सम्मेलनका लागि १५३४ प्रतिनिधि सहभागी भएका छन् ।
उम्मेदवारको अन्तिम नामावलीको समय साँझ ५ः२० बजेका लागि तय गरिएको छ । मतदानको समय भने कार्यतालिकामा राखिएको छैन । निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गर्दा मतदानको समय ‘तत्कालीन अवस्था अनुसार’ हुने सूचना निकालेको छ ।



सम्वन्धित समाचार
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
एमाले महाधिवेशस्थलमा ज्योती मगर, एमाले उम्मेदवारको प्रचारमा
एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम र लुम्बिनी तथा जनकपुर र पोखरा खेल्दै
“Unlocking Opportunities: Association Act 2082 for Inclusive Development”
Impulsiveness in Poetic Discourse