अछामः अछाममा भालुको आक्रमणबाट २ युवती घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घाइते हुनेमा रामारोशन गाउँपालिका वडा नम्बर न .५ का २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाह रहेको बताइएको छ। खरमेला जाने क्रममा उनीहरुलाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ। उनीहरुको अवस्था गम्भिर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि हेलिकप्टरको व्यवस्था गरिरहेको प्रहरीको भनाई छ ।
दिनेश खबरबाट साभार



सम्वन्धित समाचार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा सभा गर्दै
बाजुरामा जीप दुर्घटना २ को मृत्यु, १५ जना घाइते
धनगढीमा भीषण आगलागीबाट ८ सटर जलेर नष्ट
पूर्वमुख्यमन्त्री सोडारीको सांसद पद निलम्बनको पत्र प्रदेश सभा पुग्यो