सुदूरपश्चिममा चार अर्ब १४ करोडका ७ उद्योग खुल्दै



धनगढीः सुदूरपश्चिमका चार जिल्लामा ७ वटा उद्योग दर्ता भएका छन्।

गत आर्थिक वर्ष २०७९/ ८० मा चार अर्ब १४ करोड ५८ लाख १० हजार लगानी प्रस्ताव गरेर ७ वटा उद्योग दर्ता भएका छन्। कैलालीमा चार, दार्चुला, कञ्चनपुर र बझाङमा एकरएक उद्योग दर्ता भएका छन्। उद्योग विभागको औद्योगिक तथ्यांक प्रणालीका अनुसार कैलालीमा ६१ करोड २५ लाख ५० हजार लगानी प्रस्तावसहित चारवटा उद्योग दर्ता भएका छन्।

उद्योगको स्थिर पुँजी तीन करोड ५२ लाख ३० हजार र कार्यशैली पुँजी चार करोड ३६ लाख २० हजार रहने गरी कैलालीमा चारवटा नयाँ उद्योग दर्ता भएका छन्। ती उद्योगमा प्रत्यक्ष दुई सय ४४ ले रोजगारी पाउने प्रस्ताव गरिएको छ।
बझाङमा ठूलो लगानीको उद्योग स्थापनाका लागि दर्ता गरिएको छ।

तीन अर्ब तीन करोड २७ लाख लगानी प्रस्तावसहित जिल्लामा एक उद्योग स्थापनाका लागि दर्ता गरिएको छ। सो उद्योगको स्थिर पुँजी तीन अर्ब एक करोड ८२ लाख १० हजार र कार्यशैली पुँजी एक करोड ४४ लाख ९० हजार रहने गरी बझाङमा ठूलो उद्योग स्थापनाका लागि दर्ता गरिएको छ।

दार्चुलामा ३७ करोड ८३ लाख १० हजार लगानी प्रस्तावसहित एउटा उद्योग स्थापनाका लागि दर्ता गरिएको छ। सो उद्योगको स्थिर पुँजी ३६ करोड ९६ लाख ६० र कार्यशैली पुँजी ८६ लाख ५० हजार रहने गरी दार्चलामा उद्योग स्थापनाका लागि दर्ता गरिएको छ। कञ्चनपुरमा पनि एउटा उद्योग दर्ता भएको छ। १२ करोड २२ लाख २२ लाख ५० हजार लगानी प्रस्तावको एउटा उद्योग दर्ता भएको हो।

सो उद्योगको स्थिर पुँजी १० करोड ४० लाख र कार्यशैली पुँजी एक करोड ८२ लाख ५० हजार रहेको छ। सुदूरपश्चिम प्रदेशका चारवटै जिल्लामा स्थिर पुँजी तीन अर्ब ५२ करोड ७१ लाख तथा कार्यशैली पुँजी ८ करोड पाँच लाख १० हजार रहने गरी उद्योग दर्ता गरिएका छन्। चारवटै उद्योगमा तीन सय २१ रोजगारी प्रस्ताव गरिएको छ।

आर्थिक वर्ष २०७९र८० मा यस प्रदेशमा उत्पादनमुलक क्षेत्रमा चार, उर्जामा २ र सेवामा एक गरी कुल ७ नयाँ उद्योगहरु दर्ता भएका छन्। जसमा १ ठूलो, तीनवटा मध्यम र तीनवटा साना उद्योगहरु दर्ता भएका छन्। दर्ता भएका यस्ता उद्योगहरुको सञ्चालनसँगै उत्पादन बढाउन सके सुदूरपश्चिम प्रदेशको विकासमा ठूलो योगदान पुग्ने देखिएको छ। आर्थिक वर्ष २०७९÷८० मा डोटी, अछाम, डडेलधुरा, बाजुरा र बैतडीमा कुनै पनि नयाँ उद्योग दर्ता भएका छैनन्।
दिनेश खबरबाट साभार

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.