काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकको माग वार्ताबाट समाधान गर्ने बताएका छन् ।
मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्दै उनले आफू भर्खर मन्त्रालय आएकाले सबै जानकारी लिएर समाधान गर्ने बताए ।
‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु । शिक्षकको समस्याबारे जानकार छु । तर, सबै विषयमा जानकारी लिएको छैन ।
यो विषयमा पहिले जानकारी लिन्छु,’ उनले भने, ‘अब त बोल्ने भन्दा काम गर्ने हो । वार्ताबाट समस्या समाधान गर्छु ।’
मन्त्री पन्तले पहिलो निर्णय मन्त्रालयको कार्यविधि तयार गर्न समिति गठन गरेका छन् ।



सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित