काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकको माग वार्ताबाट समाधान गर्ने बताएका छन् ।
मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्दै उनले आफू भर्खर मन्त्रालय आएकाले सबै जानकारी लिएर समाधान गर्ने बताए ।
‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु । शिक्षकको समस्याबारे जानकार छु । तर, सबै विषयमा जानकारी लिएको छैन ।
यो विषयमा पहिले जानकारी लिन्छु,’ उनले भने, ‘अब त बोल्ने भन्दा काम गर्ने हो । वार्ताबाट समस्या समाधान गर्छु ।’
मन्त्री पन्तले पहिलो निर्णय मन्त्रालयको कार्यविधि तयार गर्न समिति गठन गरेका छन् ।



सम्वन्धित समाचार
प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र
चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ – महामन्त्री थापा
ओलीलाई बयान दिन पत्र काट्दैछौँ, अध्यक्ष कार्की
कांग्रेस विशेष महाधिवेशन पक्षधरले गरे भृकुटीमण्डपको हल बुकिङ
सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालकको मृत्यु
अंग्रेजी नयाँ वर्ष सन् २०२६ आजबाट शुरु