धनगढीः सुदूरपश्चिम प्रदेशबाट ठुलो संख्यामा महिलाहरु पनि वैदेशिक रोजगारीमा जान थालेका छन्।
गत आर्थिक वर्ष २०७९/८० मा मात्र सुदूरपश्चिमबाट एक हजार पाँच सय २६ महिलाले वैदेशिक रोजगारीमा जान भन्दै श्रमस्वीकृती लिएका हुन्। विशेष गरी वैदेशिक रोजगारीमा जाने यहाँका महिला कामदारको पहिलो रोजाइ दुबई बन्ने गरेको छ। सहज प्रक्रिया र कानुनी रूपमा खुला मुलुक भएकाले पनि नेपाली महिला कामदार दुबईप्रति आकर्षित भएका हुन्।
नेपाली महिला कामदार रोजगारीमा जाने १० मुलुकमध्ये युएई, कतार, जोर्डन, साइप्रस, कुवेत, माल्टा, टर्की, बहराइन र ओमान हुन्। यस क्षेत्रबाट अधिकांश महिलाहरु घरेलु कामदारका रुपमा विदेशीने गरेका छन्। विशेषगरी ग्रामीण क्षेत्रका विपन्न परिवारका महिलाहरु खाडी मुलुक जान इच्छुक हुने गरेका छन्।
घरेलु कामदारका रुपमा खाडी मुलुक जाने महिलाले सामान्यतया महिनाको ३० देखि ४५ हजार रुपैयाँ आम्दानी गर्छन्। औद्योगिक कामदारका रुपमा जाने महिलाको संख्या भने न्युन छ। घरेलु कामदारका रुपमा जानेहरुलाई घरमालिकले विदेशमा रहेका दुतावास मार्फत विभागमा सेवा, सुविधा लगायतका विषयमा स्पष्ट गर्नुपर्ने प्रावधान छ।
सुदूरपश्चिमबाट आर्थिक वर्ष २०७९र८० को असारमसान्तसम्ममा २५ हजार ९ सय ३७ जना पुरुष तथा १ हजार ५ सय २६ महिला गरी कुल २७ हजार ४ सय ६३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको नेपाल राष्ट्र बैंक धनगढीको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको छ। जुन समग्र देशभरिबाट श्रम स्वीकृति लिने संख्याको झण्डै ५ दशमलव ५६ प्रतिशत हुन आँउछ। समीक्षा वर्षमा यस प्रदेशबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा १७२ दशमलव ५ प्रतिशतले वृद्धि भएको देखिन्छ।
वेरोजगारी दर ११/५ प्रतिशत सुदूरपश्चिम प्रदेशको बेरोजगार दर ११ दशमलव ५ प्रतिशत देखिएको छ। प्रादेशिक तुलनामा प्रति जनसंख्या रोजगारी दर सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम २४ दशमलव १ प्रतिशत देखिएको छ। सुदूरपश्चिम प्रदेशमा औपचारिक क्षेत्रमा काम गर्ने जनशक्ति १४ दशमलव ८ प्रतिशत रहेको छ भने अनौपचारिक क्षेत्रमा ८५ दशमलव २ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०७९र८० को फागुन मसान्तसम्म सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषबाट ६ वटा सीपमूलक तालिम संचालन भएर ११० जना महिला र ६९ जना पुरुष गरी जम्मा १७९ जना लाभान्वित भएको देखिएको छ।
दिनेश खबरबाट साभार



सम्वन्धित समाचार
बाजुरामा जीप दुर्घटना २ को मृत्यु, १५ जना घाइते
धनगढीमा भीषण आगलागीबाट ८ सटर जलेर नष्ट
पूर्वमुख्यमन्त्री सोडारीको सांसद पद निलम्बनको पत्र प्रदेश सभा पुग्यो
जिल्लाकै नमुना विद्यालय भवन निर्माण
नेपाल भ्रष्टाचार गर्ने हुने मुलुकको १०७ औं स्थानमा
सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु