काठमाडौँ । पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ ।
राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा रिपोर्टिङ गरिरहेका पत्रकारको मृत्यु र सञ्चार संस्थामाथि भएको आक्रमणको घटनालाई लिएर नेपाल पत्रकार महासंघको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
प्रदर्शनका क्रममा विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार, फोटोपत्रकार, भिडियो पत्रकारहरुले रिपोर्टिङका क्रममा दिवंगत भएका भिडियो पत्रकार सुरेश रजकलाई श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारहरुको पेसागत सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् ।
हिजोको प्रदर्शनका क्रममा तीनकुनेस्थित भवनमा आगजनी हुँदा एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।
प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन तथा अन्नपूर्ण मिडियाको कार्यालयमा आक्रमण गरेका थिए । यस्तै हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड गरेका छन् ।



सम्वन्धित समाचार
एनपीएल: आज दुई खेल हुँदै
अध्यक्ष र महासचिवको उम्मेदवार बन्दिनँ, वरिष्ठ उपाध्यक्ष पद विधानमै छैन : उपाध्यक्ष पौडेल
काठमाडौँमा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी सिकाइ सम्मेलन हुने
भदौ २३ गतेलाई जेनजी शहिद दिवसका रुपमा मनाउने सरकारको निर्णय
जलवायु न्याय, समावेशिता र नेपालकाे प्राथमिकतामाथि युवाको वहस
कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय