काठमाडौँ । पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ ।
राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा रिपोर्टिङ गरिरहेका पत्रकारको मृत्यु र सञ्चार संस्थामाथि भएको आक्रमणको घटनालाई लिएर नेपाल पत्रकार महासंघको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।
प्रदर्शनका क्रममा विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार, फोटोपत्रकार, भिडियो पत्रकारहरुले रिपोर्टिङका क्रममा दिवंगत भएका भिडियो पत्रकार सुरेश रजकलाई श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारहरुको पेसागत सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् ।
हिजोको प्रदर्शनका क्रममा तीनकुनेस्थित भवनमा आगजनी हुँदा एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।
प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन तथा अन्नपूर्ण मिडियाको कार्यालयमा आक्रमण गरेका थिए । यस्तै हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड गरेका छन् ।



सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित