बझाङ। विपद् जोखिम न्यूनीकरण तथा जलबायु परिवर्तन सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
रीड नेपालको आयोजना तथा खप्तड छान्ना गाउँपालिकाको समन्वय र अष्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा पालिका भित्रका ८ ओटा माध्यमिक बिद्यालयमा एक दिने कार्यशाला गोष्ठी संचालन गरिएको थियो ।
कार्यशालाको मुख्य उदेश्य बिद्यालय स्तरमा विपद् जोखिम न्यूनीकरण र जलबायु परिवर्तन तथा पुर्बतयारिको ज्ञान तथा सिपमा अभिवृद्धि गर्ने हेतुले गरिएको थियो। विद्यालयमा भएका प्रकोप , जोखिम तथा संकटासन्ननता पहिचान गर्ने , पुर्बतयारी तथा प्रतिकार्य घटना अभ्यास गर्ने, विद्यालय स्तरीय GESI (लैंगिक समानता तथा समाबेशिकरण) संबेदनशिल विपद जोखिम ब्यबस्थापन योजनालाई विद्यालय सुधार योजनामा समाबेश गर्न सक्षम बनाउने रहेको रीड नेपालका शिक्षा बिकास संयोजक जनकराज जोशीले बताउनु भयो। ।
कार्यशाला गोष्ठीमा बिद्यालय ब्यबस्थापन समिति , शिक्षक अभिभावक संघ , प्रधानाध्यापक , बालक्लव प्रतिनिधि तथा फोकल शिक्षक लगाएत २०१ जनाको सहभागीता रहेको थियो । कार्यशाला प्रत्येक माध्यमिक विद्यालयमा संचालन गरिएको थियो ।
कार्यक्रमको अन्तिममा बोल्दै वि. व्य. स. अध्यक्ष तथा प्रधानाध्यापकहरुले विषय बस्तु निकै आबश्यक र सिकाइ प्रभावकारी भएको र सिकेको कुरालाई बिद्यालय सुधार योजनामा राखी कार्यन्वयन गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण DRR प्रशिक्षक सुरेस नाथ र रीड नेपालका मूल्याकंन अधिकृत रमन जोशीले गर्नु भएको थियो ।
तस्विरहरु:






सम्वन्धित समाचार
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै