बझाङ। विपद् जोखिम न्यूनीकरण तथा जलबायु परिवर्तन सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
रीड नेपालको आयोजना तथा खप्तड छान्ना गाउँपालिकाको समन्वय र अष्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा पालिका भित्रका ८ ओटा माध्यमिक बिद्यालयमा एक दिने कार्यशाला गोष्ठी संचालन गरिएको थियो ।
कार्यशालाको मुख्य उदेश्य बिद्यालय स्तरमा विपद् जोखिम न्यूनीकरण र जलबायु परिवर्तन तथा पुर्बतयारिको ज्ञान तथा सिपमा अभिवृद्धि गर्ने हेतुले गरिएको थियो। विद्यालयमा भएका प्रकोप , जोखिम तथा संकटासन्ननता पहिचान गर्ने , पुर्बतयारी तथा प्रतिकार्य घटना अभ्यास गर्ने, विद्यालय स्तरीय GESI (लैंगिक समानता तथा समाबेशिकरण) संबेदनशिल विपद जोखिम ब्यबस्थापन योजनालाई विद्यालय सुधार योजनामा समाबेश गर्न सक्षम बनाउने रहेको रीड नेपालका शिक्षा बिकास संयोजक जनकराज जोशीले बताउनु भयो। ।
कार्यशाला गोष्ठीमा बिद्यालय ब्यबस्थापन समिति , शिक्षक अभिभावक संघ , प्रधानाध्यापक , बालक्लव प्रतिनिधि तथा फोकल शिक्षक लगाएत २०१ जनाको सहभागीता रहेको थियो । कार्यशाला प्रत्येक माध्यमिक विद्यालयमा संचालन गरिएको थियो ।
कार्यक्रमको अन्तिममा बोल्दै वि. व्य. स. अध्यक्ष तथा प्रधानाध्यापकहरुले विषय बस्तु निकै आबश्यक र सिकाइ प्रभावकारी भएको र सिकेको कुरालाई बिद्यालय सुधार योजनामा राखी कार्यन्वयन गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण DRR प्रशिक्षक सुरेस नाथ र रीड नेपालका मूल्याकंन अधिकृत रमन जोशीले गर्नु भएको थियो ।
तस्विरहरु:






सम्वन्धित समाचार
प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र
चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ – महामन्त्री थापा
ओलीलाई बयान दिन पत्र काट्दैछौँ, अध्यक्ष कार्की
कांग्रेस विशेष महाधिवेशन पक्षधरले गरे भृकुटीमण्डपको हल बुकिङ
सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालकको मृत्यु
अंग्रेजी नयाँ वर्ष सन् २०२६ आजबाट शुरु