काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले केही दिनअघि आफूले बोलेको कुरालाई लिएर आलोचना बढेपछि आज सदनबाटै माफी मागेका छ्न ।
यही चैत ३ गते संसदको विशेष समयमा बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो ।
बुधबारको संसद बैठकको सुरुमै बोल्दै घिमिरेले ती आफ्ना व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिए । साथै क्षमायाचना पनि गरे ।
उनले भने, ‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन ।
यी विचारहरुले सम्मानित संसदका सदस्यहरु एवम् अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु ।’



सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित