काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले केही दिनअघि आफूले बोलेको कुरालाई लिएर आलोचना बढेपछि आज सदनबाटै माफी मागेका छ्न ।
यही चैत ३ गते संसदको विशेष समयमा बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो ।
बुधबारको संसद बैठकको सुरुमै बोल्दै घिमिरेले ती आफ्ना व्यक्तिगत धारणा भएको प्रष्टीकरण दिए । साथै क्षमायाचना पनि गरे ।
उनले भने, ‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन ।
यी विचारहरुले सम्मानित संसदका सदस्यहरु एवम् अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु ।’



सम्वन्धित समाचार
प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र
चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ – महामन्त्री थापा
ओलीलाई बयान दिन पत्र काट्दैछौँ, अध्यक्ष कार्की
कांग्रेस विशेष महाधिवेशन पक्षधरले गरे भृकुटीमण्डपको हल बुकिङ
सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालकको मृत्यु
अंग्रेजी नयाँ वर्ष सन् २०२६ आजबाट शुरु