बाजुराः बाजुराको डोगडीकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका (५ की ६८ वर्षीया राजुदेवी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
गत शुक्रवार दिउँसो जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर राजुदेवी गम्भिर घाईते भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारी अनुसार उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आईतवार राति मृत्यु भएको बताक्ष्इको छ। घर नजिकै रहेको थानकोट जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर उनी गम्भिर घाईते भएकी थिइन्।



सम्वन्धित समाचार
नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा सभा गर्दै
बाजुरामा जीप दुर्घटना २ को मृत्यु, १५ जना घाइते
धनगढीमा भीषण आगलागीबाट ८ सटर जलेर नष्ट
पूर्वमुख्यमन्त्री सोडारीको सांसद पद निलम्बनको पत्र प्रदेश सभा पुग्यो
जिल्लाकै नमुना विद्यालय भवन निर्माण
नेपाल भ्रष्टाचार गर्ने हुने मुलुकको १०७ औं स्थानमा