कैलाली । मुख्यमन्त्रीसहित बहुमत मन्त्रीमण्डलका सदस्यहरूको अनुपस्थितिमै सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा दिवस मनाइएको छ । मुख्यमन्त्री सहितका मन्त्रीहरू मात्रै होइन अधिकांश प्रदेश सभा सदस्यहरू पनि कार्यक्रममा उपस्थित भएनन् ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी र जबाफदेही हुनु पर्ने बताएका थिए । श्रीकृष्णले गीतामा भनेको कुरा स्मरण गर्दे प्रदेश प्रमुख जोशीले भने नेतृत्वमा रहेका जनप्रतिनिधिले संविधान अनुसार सही बाटो देखाए व्यवस्था बलियो हुन्छ ।
सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्रसिंह रावल, कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले सरकार र संसद्को गरिमा बढाउनु पर्ने बताएका थिए ।
पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, त्रिलोचन भट्ट, प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री दीर्घ बहादुर सोडारी, पूर्व सभामुख अर्जुनबहादुर थापा, नेकपा (माओवादी केन्द्र ) का प्रमुख सचेतक अक्कलबहादुर रावल, नागरिक उन्मुक्ति पार्टीका टीकादेवी थापा सहितले पनि सोही कुरामा जोड दिए ।
प्रदेश सभा दिवसमा सुदूरपश्चिम प्रदेश सरकार र प्रदेश सभाका वर्तमान, पूर्व पदाधीकारीहरुलार्ई आमन्त्रण गरिएको थियो । तर बहालवाला प्रदेश सभा सदस्यहरू समेत कार्यक्रमका पूरा समय बसेनन् । भने मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरू प्रकाशबहादुर देउवा, नरेशबहादुर शाही, झपटबहादुर साउद भने धनगढी बाहिर रहेकोले कार्यक्रममा उपस्थित नभएको बताइएको छ ।
कार्यक्रममा लोकतान्त्रिक गणतन्त्र विषयक वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र समेत दिइएको थियो । कार्यक्रममा प्रदेश सभा सचिव देवबहादुर बोगटीले प्रदेश सभाले गरेका कामको प्रगति विवरण सुनाएका थिए ।
सम्वन्धित समाचार
जिल्लाकै नमुना विद्यालय भवन निर्माण
नेपाल भ्रष्टाचार गर्ने हुने मुलुकको १०७ औं स्थानमा
सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु
बालेनलाई सांसद सिंहको चुनौती, हिम्मत भए सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत भत्काऊ
भारतको कुम्भ मेलामा जान लागेका एक कर्मचारीको गाडीको ठक्करबाट मृत्यु
सुनको भाउ एकैदिन एक हजार चारसय रुपैयाँले वृद्धि