काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ । टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो ।
जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।
सैफ २१ बलमा ३२ रनमा आउट भए । ब्रान्डन १९ बलमा २५ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा २० रनमा अविजित रहे । बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महत्तोले एकएक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रन बनाए । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।
शुभ कंशाकारले २६, लाहिरु मिलान्थाले १२, आसिफ शेखले ११, हर्ष थाकरले १२, अरनिको यादवले ११, शेर मल्लले ३ र मोहम्मद मोहसिनले १ रनको योगदान दिए । किशोर महत्तो २ र आकाश त्रिपाठी ४ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३, सैव अलि जैवले २, अभिनास बोहरा र स्कट कुगेलेइनले एक विकेट लिएका छन् । पराजित भएको जनकपुरले फाइलन प्रवेशका लागि कर्णाली याक्ससँग खेल्ने भएको छ ।
सम्वन्धित समाचार
राखेपको उपाध्यक्षमा आचार्य नियुक्त
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
नेपाल प्रिमियर लिगका प्लेअफका २ खेल हुँदै
एनपीएल: सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, चितवन र कर्णाली इलिमिनेटरमा भिड्ने
सुदूरपश्चिम र कर्णाली भिड्दै
लुम्बिनीलाई हराउँदै प्लेअफको नजिक कर्णाली