बझांग । रीड नेपालको आयोजना तथा खप्तडछान्ना गाउँ पालिकाको समन्वयमा ५ दिने एकीकृत पाठ्यक्रम सम्बन्धि पुनर्ताजगी शिक्षक तालिम ईश्वर आधारभूत विद्यालयमा आजबाट सुरु भएको छ ।
उद्घाटन कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अथिति पुर्ब गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले नतिजा ल्याउने तरिकाले सिकेका सिपलाई विद्यालयमा लागू गर्न सबैलाई अनुरोध गर्दै राम्रो गर्ने विद्यालयलाई पुरुस्कारको ब्यबस्थापन गर्न सस्था र गाउँपालिकालाई अनुरोध गर्नु भयो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष ईश्वर बहादुर रोकायाले विद्यालयको जग भनेको पुर्ब प्राथमिक तह भएकोले सिकाइलाई तल्लो तह देखिनै राम्रोगरेर जानुपर्ने भएकोले यो तलिममा सिकेका सिपलाई कक्षाकोठामा लागू गर्न अनुरोध गर्नु भयो।कार्यक्रममा बोल्दै शिक्षा अधिकृत हरि प्रसाद सोतीले सिकेका सिपलाई लागू गर्न र कक्षा १ देखि ३ सम्म अनिबार्य विद्यार्थी सिकाइ मूल्याकंन लाई प्रयोगमा ल्याउन अनुरोध गर्नु भयो।
उक्त कार्यक्रमका अध्यक्ष तथा रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले तालिमले शैक्षिक गुणस्तर बढाउन सहयोग गर्ने भएकोले तालिममा सिकेका सिपलाई अनिवार्य कक्षाकोठामा प्रयोग गर्न अनुरोध गर्दै परियोजनाले लागुगरेका कृयाकलापलाई बिद्यालयमा जति कार्यन्वयन गर्यो त्यति कार्यक्रम थप गर्दै जानेकुरा राख्दै हाम्रो क्रियाकलापको कार्यन्वयनको मूल्याकंन गर्न अष्ट्रेलियन राजदुतवाट छिटै भ्रमण हुने कुरा जानकारी गराउनु भयो।
तालिममा एकीकृत पाठ्यक्रमको अबधारणा, एकीकृत सिकाइ योजना निर्माण प्रयोग र अभ्यास, विद्यार्थी सिकाइ मूल्याकंनको प्रयोग र अभ्यास लागाएतका विषयवस्तुमा तालिम संचालन गरिने कुरा रीड नेपालका शिक्षा संयोजक जनक राज जोशी बताउनु भयो। तालिममा ३८ विद्यालयका ८५ जनाको सहभागिता रहेको छ। तालिमको सहजीकरण रीड नेपालका शिक्षा बिकास संयोजक केशव देब गिरि, जनकराज जोशी, शिक्षा बिकास अधिकृत सुजाता राई र उमा भट्टले गरि रहनु भयको छ ।
सम्वन्धित समाचार
जिल्लाकै नमुना विद्यालय भवन निर्माण
नेपाल भ्रष्टाचार गर्ने हुने मुलुकको १०७ औं स्थानमा
सिलिण्डर विस्फोटमा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु
बालेनलाई सांसद सिंहको चुनौती, हिम्मत भए सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत भत्काऊ
भारतको कुम्भ मेलामा जान लागेका एक कर्मचारीको गाडीको ठक्करबाट मृत्यु
सुनको भाउ एकैदिन एक हजार चारसय रुपैयाँले वृद्धि