काठमाडौँ । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएको छ । लिगको अन्तिम खेलमा सोमबार सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो ।
सुदूरपश्चिम १२ अंकका साथ शीर्ष स्थानमा रह्यो भने जनकपुरले ७ खेलमा १० अंक बटुल्यो । समान ८ अंक जोडेका चितवन राइनोज र कर्णाली तेस्रो र चौथो स्थानमा रहँदै प्लेअफको इलिमिनेटरमा खेल्ने भएका छन् । यसको विजेता टोलीले क्वालिफायर्स १ को पराजित टोलीसँग फाइनलमा स्थान पाउन खेल्ने छन् । बुधबार बिहान इलिमिनेटर र दिउँसो क्वालिफायर्स १ को खेल हुनेछ ।
लिगको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।
जवाफमा सुदूरपश्चिमले १५.२ ओभर खेल्दै ४ विकेट गुमाएर १०५ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाउदा इशान पाण्डेले अविजित रहँदै ३८ रन नै बनाए ।



सम्वन्धित समाचार
प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र
चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ – महामन्त्री थापा
ओलीलाई बयान दिन पत्र काट्दैछौँ, अध्यक्ष कार्की
कांग्रेस विशेष महाधिवेशन पक्षधरले गरे भृकुटीमण्डपको हल बुकिङ
सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालकको मृत्यु
अंग्रेजी नयाँ वर्ष सन् २०२६ आजबाट शुरु