काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले कर्णाली याक्ससामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको अविजित ५९ रन मद्दतमा ७ विकेट गुमाए र १३० रन बनाएको हो । कप्तान कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे ।
बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्माले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए ।
सुरुआती २ खेल गुमाएको कर्णाली पहिलो जितको खोजिमा छन् । लगातार दुई खेलमा जित निकालेको चितवन मोमेन्टम कायम राख्ने लक्ष्यमा छ ।



सम्वन्धित समाचार
एनपीएल: आज दुई खेल हुँदै
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित
एनपीएल दोस्रो संस्करणको तिथि घोषणा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै