काठमाडौं । सरकारले सुनचाँदीमा लगाएको भन्सार दर घटाएको छ । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले सुनचाँदीमा लगाएको भन्सार दर घटाएको जानकारी दिए ।
उनले भने, ‘सुनको भन्सार दर घटाउने मन्त्रिपरिषद्कै निर्णय हो । उक्त निर्णय अनुसार विभागमा पत्र आएको थियो । आजैबाट लागू हुनेगरि दर घटाएका छौं ।’
उनका अनुसार सुनको भन्सार दर १० प्रतिशतमा झारिएको छ । यसअघि सुनको भन्सार दर २० प्रतिशत रहेको थियो ।
सरकारले बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत पुर्याएको थियो । तर, भारत सरकारले भन्सार दर घटाउँदा नेपालमा सुनको मूल्य महँगो र भारतमा सस्तो भएको थियो । यसले सुन तस्करी मौलाएको व्यवसायीहरूले नै बताउँदै आएका थिए ।
त्यस्तै, चाँदीमा लगाइएको भन्सार दर पनि घटाइएको छ । बजेटमार्फत १५ प्रतिशत पुर्याइएको भन्सार दर १० प्रतिशतमा झारिएको समेत उनले जानकारी दिए ।
सम्वन्धित समाचार
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र
विश्वकप लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित
सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी