काठमाडौं । सरकारले सुनचाँदीमा लगाएको भन्सार दर घटाएको छ । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले सुनचाँदीमा लगाएको भन्सार दर घटाएको जानकारी दिए ।
उनले भने, ‘सुनको भन्सार दर घटाउने मन्त्रिपरिषद्कै निर्णय हो । उक्त निर्णय अनुसार विभागमा पत्र आएको थियो । आजैबाट लागू हुनेगरि दर घटाएका छौं ।’
उनका अनुसार सुनको भन्सार दर १० प्रतिशतमा झारिएको छ । यसअघि सुनको भन्सार दर २० प्रतिशत रहेको थियो ।
सरकारले बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत पुर्याएको थियो । तर, भारत सरकारले भन्सार दर घटाउँदा नेपालमा सुनको मूल्य महँगो र भारतमा सस्तो भएको थियो । यसले सुन तस्करी मौलाएको व्यवसायीहरूले नै बताउँदै आएका थिए ।
त्यस्तै, चाँदीमा लगाइएको भन्सार दर पनि घटाइएको छ । बजेटमार्फत १५ प्रतिशत पुर्याइएको भन्सार दर १० प्रतिशतमा झारिएको समेत उनले जानकारी दिए ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन