काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा ओमानले सिंगापुरलाई १ सय ७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो ।
उसका लागि अकिब इलियासले उत्कृष्ट पारी खेले । ३५ बलको सामना गरेका उनले ४ चौका र ४ छक्कासहित ६३ रन बनाए । टी–२० मा इलियासको यो छैटौँ अर्धशतक हो । यस्तै, प्रतीक आठवलेले ४२, कप्तान जीशान मक्सूदले २६ र कश्यप प्रजापतिले १२ रन जोडे । सिंगापुरका लागि अनिश परम, जनक प्रकाश र रमेश कालिमुथुले दुई/दुई विकेट लिए ।
ओमान लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो । सिंगापुर भने पहिलो जित निकाल्न चाहन्छ । ऊ पहिलो खेलमा नेपालसँग ८ विकेटले पराजित भएको थियो । आज हुने समूह ‘ए’ को अर्को खेलमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्नेछन् । नेपाल र मलेसियाबीचको खेल दिउँसो साढे १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।



सम्वन्धित समाचार
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित
एनपीएल दोस्रो संस्करणको तिथि घोषणा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
विश्वकप लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै