बाजुरामा सुरु भए पहिरोका बितडा, मार्तडी-कोल्टी सडक अवरुद्ध



काठमाडौँ :  हरेक वर्षको मनसुनमा पहिरोको उच्च जोखिम झेल्दै आएका बाजुरा वासीका बितडा फेरी सुरु भएका छन् । हरेक वर्ष बाजुरा वासिले बाढी पहिरोका कारण ठुलो रुपमा भौतिक एवम् मानविय क्षती बेहोर्दै आएका छन् । जिल्लाका प्रमुख दुई सडक खण्ड साँफे मार्तडी र मार्तडी कोल्टी सडक खण्डको नै स्तरउन्नती नहुँदा हरेक वर्ष नागरिकले सास्ती खेप्दै आएका छन् । यसैबीच अबिरल वर्षाका कारण पहिरो जाँदा  पूर्वी उत्तरी भेग जोड्ने मार्तडी -कोल्टी सडक अवरुद्ध भएको बताइएको छ। मार्तडी( कोल्टी अन्तर्गत बडीमालिका नगरपालिका-७ जिल्लीमा पहिरो बग्न थालेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाजुराले दिएको जानकारी अनुसार लगातार पहिरो बग्न थालेपछि आवतजावतमा समस्या भएको छ। अहिले आवतजावत नै पूर्ण रुपमा ठप्प भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।पहिरोका कारण मार्तडी-कोल्टीमा चल्ने जीप तथा मालबहाक सवारी साधन ठप्प हुनुका साथै आवतजावतमा समेत समस्या भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् । पहिरोले अवरुद्ध भएको सडक खुलाउँने प्रयास भईरहको प्रजिअ पौडेलको भनाई छ।

पहिरो बग्न नरोकिएकाले तत्काल सडक सुचारु गर्न समस्या भएको र वर्षा रोकिएपछि सडकमा आएको पहिरो पन्छ्याएर सडक सञ्चालन गरिने उनको भनाई छ। मौसम पूर्णमा रुपमा सक्रिय भएपछि बाजुरामा पहिरोको जोखिम बढ्दै गएको छ ।वर्खायाममा बाजुरामा जहिल्यै सडक अवरुद्ध हुँदै आएका छन् । हिउँदको समयमा सवारी साधन राम्रोसंग चल्ने भएपनि वर्षायाममा ठाउँ ठाउँमा सवारी हरेक वर्ष ठाँउ-ठाँउमा सडक अबरुद्ध हुने गरेकाले साधन फेर्दै आवतजावत गर्नुपर्ने बाध्यताले यो वर्ष पनि निरन्तारता पाउने भएको छ ।

हरेक वर्षको मनसुन सुरु भए लगत्तै प्रमुख सडक खण्ड नै हरेक वर्ष अवरुद्ध हुने गरेको छ । यो वर्ष पनि बाजुरा वासिले त्यहीँ समस्या पुनः विगतका वर्षहरुझै झल्नुपर्ने सकेत देखा परिसकेको छ । जिल्लाका प्रमुख दुई बजार मार्तडी र कोल्टीमा खानेपानीको अभाव भएको महिनौ बितिसकेको छ । जहाँ बिद्युत सेवा समेत अनियमित हुने गरेको छ । सदरमुकाम मार्तडीमै समेत बार्है मास गाडी सञ्चालन हुने स्थिति छैन तर सडकको स्तरउन्नति भने अझै हुन सकेको छैन ।

पालिका जोड्ने सडक त टाढाको कुरा हो प्रमुख सडक खण्डकै पनि स्तरउन्नती नहुदा हरेक वर्ष सवारी साधन धनी, सवारी चालक र यात्रुहरूले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । सडक अवरुद्ध भएपछि पैदल यात्रा गर्नुको अर्को विकल्प छैन । जिल्लाका कयौं खोलाहरुका झुलङे पुल समेत बन्न सकेका छैनन् । काठेपुलको साहारामा आवतजावत गर्दा ज्यान नै जोखिममा राखेर वारपार गर्नुको अर्को विकल्प छैन ।जसका कारण हरेक वर्सको वर्षातमा बाजुराका ३र४ जना नागरिकले ज्यान गुमाउदै आएका छन् ।

जिल्लाका झण्डै ११६ बस्ती पहिरोको उच्च जोखिममा छन् । बस्न उपयुक्त नहुने भनिएको भएपनि स्थानान्तरणका लागि राज्यका तर्फबाट उचित पहल नहुँदा जोखिम मोलेर बस्नु पर्ने बाध्यता छ । हरेक वर्ष मनसुन सुरु भएपछि रातभर जागाराम बस्नुपर्ने दिन बाजुरा वासिका सुरु हुने गर्छन् । अलिे सम्म बस्ती सार्नका लागि ठोस पहल राज्यका तर्फबाट हुन सकेको छैन । अधिकांस जेखिम उक्त ठाँउका नागरिकहरुको वास घरदेखी टाढा पाल टाँगेर हुने गर्छ ।तर बाजुराको यो काहालीलाग्दो अवस्था प्रति राज्य भने निरीह बन्दै आएको छ। बाजुराका राजनितीले समेत यो बिषयमा त्यति सारो चाँसो नदेखाएको आरो नागरिकको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.