अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकप फाइनलमा



काठमाडौं। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा पुगेको छ। दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल यात्रा तय गरेको हो ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा ऐतिहासिक जित निकाल्दै दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा ५ र टी-२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो ।

५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।  रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे ।

ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि माक्ररम र रिजाले ४३ बलमा ५५ रनको साझेदारी गर्दै फाइनलमा स्थान पक्का गराए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन जोडेकाे थियाे। अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३/३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २/२ विकेट लिए।

२८ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि २२ रनको साझेदारी गरेको थियो। अफगानिस्तानका १० जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए।

रहमनुल्लाह गुर्बाजले खाता खोल्न सकेनन् भने अर्का ओपनर इब्राहिम जद्रानले २ रन बनाए। गुल्बादिन नैबले ९ रन जोडे भने मोहम्मद नाबीले खाता खोल्न सकेनन्।

अब इङ्ल्यान्ड र भारतबीच हुने खेलको विजेतासँग दक्षिण अफ्रिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.