काठमाडौं । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारीमा २५ लाखको सीमा हटाउनुपर्ने बताएका छन्। संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले सीमा हटाउन सुझाव दिएका हुन्। ‘निक्षेपको सीमा २५ लाख घटाउनुभन्दा नियमन बढाऔँ, यहाँ स्थानीयका लागि मापदण्ड बनाऔँ।न
त्र स्थानीय सरकारले आ–आफ्नो मापदण्ड बनाउँला,’ उनले भने, ‘सिलिङ तोक्ने कुरा अलि भएन। मार्केट इकोनोमीमा यतिमात्र पैसा तोक्ने भन्ने हुन्न होला। यो क्याप हटाउनुपर्छ। सहकारीको नियमनका लागि यसको स्ट्रङ नियमन संस्था ल्याऔँ।’
सहकारीकर्मीले पनि सहकारीमा बचतको सिमा तोक्न नहुने भन्दै त्यसको विरोध गर्दै आएका छन् । सरकारले सम्पत्ति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रर्वद्धनका लागि केही ऐन संशोधन गर्न बनेको विद्येयक मार्फत सहकारी ऐन २०७४ को दफा ५२ को प्रस्तावमा व्यक्तिगत बचतको सिमा तोक्न विद्येयक संसदमा दर्ता गरेको छ ।



सम्वन्धित समाचार
“Unlocking Opportunities: Association Act 2082 for Inclusive Development”
शिक्षामा एआईको प्रयोग: नेपालको शैक्षिक भविष्यका लागि एक महत्वपूर्ण आवश्यकता
खप्तड र रारामा पर्यटक प्रहरी इकाइ स्थापना गरिँदै
आमा समूहका सदस्यले सिके: सेनेटरी प्याड बनाउन
छाउपडी प्रथा विरुद्धमा धामी/पुजारी सचेतना कार्यक्रम सम्पन्न
नेपालमा कृषि क्षेत्रको महत्व र यसको वर्तमान अवस्था