काठमाडौं। मिनि विश्वकप मानिने युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो–२०२४ आजबाट सुरु हुँदैछ । पहिलो खेलमा आयोजक जर्मनी र स्कटल्यान्ड भिड्ने छन्।
पहिलो पटक नकआउट चरणमा पुग्ने उदेश्यसहित मैदानमा उत्रने स्कटल्याण्ड र आफ्नै देशमा हुने युरो कपको उपाधि जित्ने लक्ष्य बोकेको जर्मनीबीचको उद्घाटन खेल रोचक हुने अनुमान गरिएको छ ।
जर्मन टिमका प्रशिक्षक हुन्, जुलियन नागेल्सम । उनी भन्छन्, ‘यो प्रतियोगिता हाम्रो आफ्नै देशमा भइरहेको छ, त्यसैले यो ठूलो अवसर हो । हामी प्रतियोगितालाई लिएर उत्साहित छौं ।’
जर्मनी निकै बलियो टिम हो । जति बेला ठूलो प्रतियोगिता हुन्छ, जर्मन टिम जहिले पनि बलियो रहन्छ । त्यसैले यो पहिलो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । फिफा बरियतामा जर्मनी १६ ओँ तथा स्कटल्याण्ड ३९ ओँ स्थानमा रहेका छन् ।
यस समूह ‘ए’ हंगेरी र स्विजरल्यान्ड पनि छन् । यो पटकको युरोमा आयोजक जर्मन सङ्गै फ्रान्स र इङ्ल्याण्डलाइ उपाधीको दाबेदारको रुपमा हेरिएको छ ।



सम्वन्धित समाचार
एनपीएल: आज दुई खेल हुँदै
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित
एनपीएल दोस्रो संस्करणको तिथि घोषणा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै