साेलुखुम्बु । रीड नेपालको आयोजना तथा शिक्षा तालिम केन्द्र सुनसरी तथा नगरपालिका र गाउँपालिकाको समन्वयमा आजबाट आधारभूत तहको १० दिने सामाजिक विषयको प्रथम चरण तथा विज्ञान विषयको दोस्रो चरण शिक्षकको पेशागत विकास (टी पी डी) प्रमाणीकरण तालिम आजबाट सुरु भएको छ । जन जागृति मा. वि. सल्लेरीमा सुरु भएको तालिमको उद्घाटन शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पुन्य राज डंगोलले उद्घाटन गर्नु भयो ।
रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा इकाई प्रमुख पुन्य राज डंगोलको प्रमुख आतिथ्यमा संचालन भएको उद्घाटन कार्यक्रममा सोलु दुधकुण्ड नगरपालिका शिक्षा शाखा प्रमुख सन्तोस राउत तथा ज.जा.मा.वि. का नि .प्र.अ गोबिन्द चौलागाईको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डंगोलले रीड नेपालले शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै धन्यवाद ज्ञापन गर्नु भयो । सुनसरी गएर लिनु पर्ने तालिम आफ्नै जिल्लामा पाउनु भएकोले सहभागीहरु भाग्यमानी रहेको बताउनु भयो । तालिममा सिकेका कुरा सीपलाई विद्यालयमा लगेर कक्षाकोठामा प्रयोग गर्न समेत आग्रह गर्नु भयो ।
रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा तालिम केन्द्र सुनसरी संग समन्वय गरेर प्रमाणीकरण तालिम संचालन गरेको र यो तालिमको सर्टिफिकेट शिक्षा तालिम केन्द्र सुनसरीबाट प्राप्त हुने बताउनु भयो । गिरीले तालिमको आचारसंहिता अनुसार सक्रिय र नियमितरुपमा तालिममा सहभागी हुन सहभागीलाई आग्रह गर्नु भयो ।
तालिममा जिल्ला भरीका विज्ञान विषयमा २० र सामाजिक विषयमा २० गरी ४० जना शिक्षकहरुको सहभागिता रहेको छ तालिमको सहाजीकरण रीड नेपालका प्रशिक्षक राजीव ढुंगाना ,विष्णु प्रसाद उपाध्याय , बासुदेव वाग्ले र अर्पण रेग्मीले गरिरहनु भएको छ ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन