काठमाडौं । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले यस वर्षको ‘राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान’ सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गर्ने भएको छ ।
कात्तिक १८ गते हुने संस्थाको साधारणसभाको बैठक माइन्यूट प्रमाणीकरण सभामा प्रधानाङ्गलाइ सम्मान प्रदान गरिने भएको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का पूर्व अध्यक्षसमेत रहेका प्रधानाङ्गलाइ एक लाख एक हजार रुपैयाँ सहित सम्मान गर्ने निणर्य भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले जानकारी दिए ।सहकारी क्षेत्रको वृद्धि विकासमा उत्कृष्ट योगदान पुर्याउने राष्ट्रिय व्यक्तित्वलाई सहारा साकोसले हरेक दुई दुई वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ ।
सहाराले २०७६ सालदेखि ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ प्रदान गर्न सुरु गरेको प्रमुख कार्यकारी अधिकृत गिरीले जानकारी दिए ।
पहिलो सम्मान लघुवित्त विज्ञ शंकरमान श्रेष्ठलाई र दोस्रो सम्मान राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडाललाई प्रदान गरेको थियो संस्थाले राष्ट्रिय व्यक्तित्व सम्मानकासाथै प्रोफेसर मुहमद युनुसु लघुवित्त उद्यमी पुरस्कार समेत प्रदान गर्दै आएको छ ।
लघुवित्तमार्फत सफल उद्यमीलाई प्रदान गर्ने पुरस्कारको राशी ५ सय अमेरिकी डलर रहेको प्रमुख कार्यकारी अधिकृत गिरीले बताए । संस्थाको असोज महिनामा १ अर्व ६५ करोड ५७ लाख ४५ हजार ९ सय रुपैंयाँ सेयर पूँजी रहेको संस्थामा जगेडा कोषमा १ अर्व २३ करोड ६३ लाख ८९ हजार ४९० रुपैंयाँ पुर्याएको छ ।
त्यसैगरी बचत असोज महिनामा ११ अर्व ३८ करोड ५१ लाख १ हजार ८१४ रुपैंयाँ पुर्याएको छ भने संस्थाले बाह्य ऋण शुन्यमा झारेको छ । संस्थाले असोज महिनाको अन्त्यसम्म ७४ हजार १२३ सदस्यलाई ११ अर्व ७३ लाख ७३ हजार ३९ रुपैंयाँ लगानी गरेको छ ।
संस्थाको विभिन्न कोषहरुमा ४४ करोड ८७ लाख २० हजार ६१९ रुपैंयाँ रहेको छ । त्यसैगरी संस्थाको कुल संस्थागत पूँजी १ अर्व २७ करोड ३३ लाख ४५ हजार ८६३ रुपैंयाँ तथा १५ अर्व ३२ करोड ६५लाख ९२ हजार ८७९ रुपैंयाँ कुल सम्पति रहेको छ ।
संस्थासंग असोज मसान्तसम्ममा तरलता २७.१७ प्रतिशत अर्थात ३ अर्व ९ करोड ३५ लाख ७६ हजार ९१३ रुपैंयाँ रहेको छ । संस्थाको कोशी प्रदेशका ६ वटा जिल्ला कार्यक्षेत्र रहेको छ ।



सम्वन्धित समाचार
“Unlocking Opportunities: Association Act 2082 for Inclusive Development”
Impulsiveness in Poetic Discourse
संवैधानिक राष्ट्रिय युवा आयोग गठनको माग
साउनकाे पहिलो साेमबारकाे अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ मन्दिरकाे अनुगमन
अघिल्लो वर्षको तुलनामा राजस्व १ खर्ब २० अर्बले बढ्यो
आजदेखि एमालेको विधान महाधिवेशनबारे औपचारिक छलफल