योग्यता र क्षमताले अब्बल ओलीको एमाले बाजुराको अध्यक्षमा उम्मेदवारी



मिन बहादुर खड्का / काठमाडौं : नेकपा एमाले जिल्ला कमिटी बाजुराको आठौं जिल्ला अधिवेशनमा हालका अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच प्रतिस्पर्धा हुँदैछ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो आधार पछिल्लो समयमा बाजुरा जिल्लाकै नेकपा एमाले निकट प्रतिभाशाली नेताहरू मध्यका युवा पुस्ताले रुचाएका र युवाका ढुकढुकी समेत रहेका नेता लाल बहादुर ओली क्षेमता र योग्यताले बलियो उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।

नेकपा एमालेको जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षको बलियो उम्मेदवारका बताउदै प्रतिस्पर्धामा उत्रीएका छन् । उनले अहिले पनि आफुलाई पनि जिल्ला कमिटीको अध्यक्षको बलियो उम्मेदवार रहेको दाबी गर्दै आएका छन् । ओली योग्यता क्षेमता, राजनीति पृष्ठभुमि, र सामाजिक सेवामा स्थापित व्यक्तिका हैसियतले पनि बलियो नै देखिन्छन् । सामाजिक सेवामा उनले गरेको योगदान र समग्रमा सामाजिक रुपान्तरण र समाजलाई जागरुक बनाउन गैर सरकारी सस्था भित्र्याएर पुर्याएको योगदानको जति प्रसंशा गरेपनि कमै हुन्छ ।

उनले राजनीतिका माध्यमबाट जिल्लाको विकास र समृद्धिका लागि गरेको प्रयास पनि कम्ता छैन। राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ भन्दै दृद संकल्पका साथ सरकारी सेवाबाट राजिनामा दिएर सक्रिय राजनिती सुरु गरेका ओलीले पार्टी सुदृढीकरण गर्न, पार्टीलाई बलियो बनाउन संगठन निर्माण गर्ने निर्वाह गरेको भुमिका पनि अन्य नेताको भन्दा कम छैन ।

सामाजिक सेवामा स्थापित ओलीको राजनीति पृष्ठभुमि पनि लामो छ। उनको सरकारी सेवा, र संगठनमा आबद्धता हेर्ने हो भने अहिले उनी संग प्रतिस्पर्धामा उत्रीएका भरत थापाको भन्दा बढी नै रहेको ओली निकट एक नेताको दाबी छ ।

ओली एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा पनि जिल्ला कमिटी बाजुराको बलियो उम्मेदवारकै रूपमा प्रतिस्पर्धामा उत्रीएका थिए। तर शिर्ष नेताहरुको ओलीलाई नेतृत्वमा नल्याउने नियतकै कारण उनले जिल्लाको नेतृत्व लिने अवसर गुमाउनु पर्यो ।

तिनै लाल बहादुर ओली गत जेठ १ गते बाट सदरमुकाम मार्तडीमा सुरु भएको आठौं जिल्ला अधिवेशनमा पनि आफुलाई बलियो उम्मेदवार रहेको दाबी सहित चुनावी मैदानमा छन् ।

नेता ओली जिल्ला अध्यक्षको आकांक्षी रहेको र यस पटक जिल्ला अध्यक्षमा ओलीलाई सर्वसम्मत चयन गनुपर्ने एमाले निकट नेता कार्यकर्ता र उनका सर्मथकहरुको थियो । अन्ततः एमाले बाजुरा जिल्ला कमिटीको अध्यक्षका लागि भरत थापा र लाल बहादुर ओली बीच नै प्रतिस्पर्धा हुने भएको छ । थापा र ओली छुट्टाछुट्टै टिमबाट प्रतिस्पर्धा गर्न लागेका हुन् । थापा स्थायी कमिटी सदस्य कर्ण थापाको टिमबाट मैदानमा छन् भने ओली केन्द्रिय सदस्य समेत रहेका निवर्तमान प्रतिनिधि सभा सदस्य लाल बहादुर ओलीको टिमबाट चुनावी मैदानमा छन् ।

जिल्लामा बलियो लाल बहादुर थापालाई भनिए पनि दुई जना बीच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ । अध्यक्षका उम्मेदवार भरत थापा र नेता लाल बहादुर ओली पहिले देखी नै कर्ण थापा प्यानलकै हुन् ।

तर यतिबेला भने नेता लाल बहादुर ओलीले टिम नै फेरेका छन् । अघिल्लो सातौं जिल्ला अधिवेशनमा पनि अध्यक्षको बलियो उम्मेदवार आफु नै रहेको बताउने ओलीलाई शीर्ष नेतृत्वले पाखा लगाउदै सहमतिका नाममा जबरजस्त दोश्रो पटक नेता कालि बहादुर शाहीलाई नै नेतृत्व सुम्पिए पछि जिल्लाको नेतृत्व गर्ने अवसर ओलीले गुमाएका थिए।

पटकपटक एमाले बाजुराको नेतृत्व गर्न मैदानमै प्रतिस्पर्धा गर्न उत्रीएका ओलीलाई पार्टीको शिर्ष नेतृत्वले पन्छ्याउदै आएको छ । आठौं जिल्ला अधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने माग ओली निकट नेता कार्यकर्ताको थियो । तर शीर्ष नेतृत्व तयार नभएपछि ओलीले टिमनै फेरेरे नेता लाल बहादुर ओलीको टिमबाट चुनाव लड्दै छन् ।

कर्ण थापाको प्यानलमा रहेका नेता ओली उनले भरत थापालाई नै जिल्लाको नेतृत्व सुम्पिने पक्का पक्की जस्तै भएको सुईको पाएपछि जिल्लामा बलियो मानिने लाल बहादुर थापाको टिममा समाबेश भएका हुन्।

सातौं जिल्ला अधिवेशनमा जिल्लाको नेतृत्व लिन भरपुर प्रयास गरेका ओली पार्टी कार्यकर्ताले रुचाए पनि अध्यक्ष बन्नबाट शिर्ष नेताहरुले नचाहेकै कारण बन्चित भएका थिए। यतिबेला भने जित हार जे भएपनि प्रतिस्पर्धा गर्ने अठोट ओलीको छ ।

अनेरास्ववियु विद्यार्थी उमेरबाटै राजनीति यात्रा प्रारम्भ गरेका ओली केही बर्ष कर्मचारी समेत थिए । ओलीले २०५० मा राजीनामा दिएर फेरी राजनिति संगै समाजसेवामा सक्रिय भएर नेकपा एमालेको नेतृत्व गर्दै राजनितिमा तलिन छन् । पछिल्लो समयमा राजनितिमा लागे देखी हाल सम्म निरन्तर रुपमा पार्टीको बिधि बिधान र आदर्शलाई आत्मसात गरि जस्तोसुकै कठिन प्रस्थितिमा पनि आफ्नो बिचारमा अडिग रहने नेताहरु मध्यमकै एक हुन ।

ओलीको यहीँ कटिबद्ध बिचारले एमाले निकट नेता कार्यकर्ताहरुलाई उनी प्रति आकर्षण बढाएको छ । पछिल्लो समयमा नेकपा एमाले बाजुराको नेतृतव पक्तिमा रहेका नेताहरु मध्यकै युवा पिडितले सक्षम नेतृतवका रुपमा स्वकार गरेका नेता आली हुन् ।

२०४७ सालमा पार्टी राजनितीमा आईसकेका ओली हरेक बेला बेला पछाडी पर्दै आएका छन् । उनले २०४७ सालदेखी गाउँ कमिटि बिस्तार अभियानमा संलग्न भैई हाल सम्म पार्टी राजनितिमा हुमीएका छन ।नेता ओलीको समाज परिवर्तन र विकासमा मात्र ठूलो योगदान नभई नेकपा एमाले पार्टीमा आवद्ध भए देखि हाल सम्म पार्टीलाई बलियो शसक्त र चलाएमान बनाउन उत्तिकै योगदान रहेको उनी निकट एक नेताले बताएका छन् ।

उनको सामाजिक जीवनको बारेमा त जतिसुकै प्रसंशा गरेपनि कमै हुने ती नेता बताउन्छन् । हुन त पछिल्लो समयमा राजनीतिमा पार्टीमा लामो त्याग तपस्या र संघर्ष गरेका नेताहरूलाई पन्छ्याउने गरेको पाईन्छ। यो गन्ध नेकपा एमालेमा पनि छ । त्यस्तै नेता ओली पनि पार्टीमा पालो नपाएका मध्यका एक हुन ।

नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाको बलियो आधारका रुपमा रहेका नेता ओली बाजुरा जिल्लाका प्रतिभाशाली नेताहरूको सुचीमा पर्न सफल कुशल निडर सक्षम र युवा पुस्ताले रुचाएका नेता हुन् । राजनीति लागे जति सवैको सामाज विकास र परिवर्तनका लागी यती सम्म योगदान पुर्याउन सकेको प्रायः बिरलै भेटिन्छन् । जति हाल सम्म ओलीले योगदान पुर्याएका छन् ।

ओलीको राजनितिमा जत्तिकै लगाव समाज सेवा र समाज परिवर्तन तथा रुपान्तरण र समाजको विकासमा पनि छ उनि समाजको बिकासका लागि अग्रभागमा रहेर खट्ने र समाजमा पिछडिएका र पछाडी पारिएका वर्गका महिला दलित आदिवासी जनजातीका सवालहरुका बिषयमा बिशेष ओकालत गर्दै आएका छन् ।

पछिल्लो समयमा जनताको आपेक्षा भनेकै जनताका सवालहरुलाई सम्बोधन गर्ने जनप्रेमी नेता नतृतवमा आउनु पर्छ भन्ने हुन्छ । तर जनताले गरेको आपेक्षा पुरा गर्न त कुनै पनि राजनिति दलका नेताहरु गर्न सकेका छैनन् तर नेता ओलीले भने राजनितिमा तलिन भइसकेपछी समाजको विकास र समाजको समुन्नतिका लागि गरेको योगदानको प्रसंशा गर्दै गरेको बाजुरेली जनताको मुखारबिन्दुबाट सुन्ने गरिन्छ । त्यसकारण पनि यतिवेला नेता ओली नेतृत्वमा आउनुपर्छ र नेता ओलीलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गनुपर्छ भन्ने नेकपा एमाले निकट नेता कार्यकर्ताहरुको जनभावना रहेको छ ।

नेता ओलीको सामाजिक सञ्जालमा मार्फत पनि प्रचार प्रसार गदै सर्वसम्मत चयन हुनुपर्ने मागहरु ओलीका सर्मथकहरुको छ । हालका अध्यक्षका प्रतिस्पर्धी भरत थापा युवा माझ लोकप्रिय होलान् , युवाहरुलाई परिचालन गर्न उनी सक्षम होलान् तर समाज रुपान्तरण र परिवर्तनमा ओलीको जत्तिकै योगदान नरहेको एक ओली निकट नेताको दाबी छ ।

नेकपा (एमाले), बाजुराको आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा लाल बहादुर ओलीको
उम्मेदवारी किन? यस्तो बताउन्छन् ओली: 

१ संगठनको आधार – कार्यकर्ता नै माझधार ।
२ पार्टीका कार्यकर्ता, समर्थक, जनताको विश्वासलाई सबल बनाउन ।
३ पार्टी गतिविधिलाई सुशासित र कार्यकर्ता मैत्री बनाउन
४ पार्टीलाई आर्थिक, भौतिक र प्रविधिको व्यवस्थानमा चुस्त बनाउन
५ पार्टीलाई गतिशील बनाउँदै नेता र कार्यकर्ता बीच घुलनमिलन र साझा विश्वास जीवन्त राख्न
६ पार्टीका अग्रज नेताहरुका राजनीतिक अनुभवलाई सम्मानपूर्वक संगठनको पक्षमा उपयोग गर्न ।

७ पार्टीका जनवर्गीय संगठन, व्यावसायिक संगठन, शुभेच्छुक र पार्टी बीच जीवन्त अन्तरक्रिया गर्दै क्रियाशील हुन सहजीकरण गर्न।

९ पार्टीमा युवा समुदायको सहभागिता अभिबृद्धि गर्न
ड्ड युवा समुदाय आत्मनिर्भरताका गतिविधिमा संलग्न हुने अवसरहरुको खोजी गर्न।

१० नेकपा (एमाले) पाार्टी – जनताको साथी
जिल्ला पार्टी र जनवर्गीय संगठनको साझा योजना तयार गरी जनताका माझ पार्टीका सबै जनसंगठनको नीतिगत क्रियाशीलता बढाउन।
११ जिल्लामा क्रियाशील पार्टीका शुभेच्छुक पेशागत संगठन, व्यवसायिक संस्था, सामाजिक न्यायको क्षेत्रमा कार्यरत संस्था, व्यक्ति र समुदायसँगको सहकार्य बिस्तार गरी पार्टी गतिविधिलाई स्थानीय विकाससँग जोड्न
१२ पार्टीको आवधिक नेतृत्व हस्तान्तरणले युवा पुस्तामा राजनीति र पार्टी प्रति विश्वास जगाउँछ । युवा समुदायको राजनीतिक नेतृत्व सीप विकास गर्न प्रेरित गर्न।
१३ पार्टी कार्यकर्ता, नेता र जनताको नजिकको सम्बन्ध स्थापित गरी नेकपा (एमाले) लाई जनताको विश्वासिलो दलको रुपमा कायम राखिरहन ।
१४ मिसन २०८४ लाई केन्द्रित गर्दै पार्टीको पक्षमा जनमत सृजना गर्न।
१५ नेकपा (एमाले) का गतिविधीलाई अझै समावेशी, सदाचारी र जनपक्षीय बनाउन
१६ जिल्लामा संचालित विकास–निर्माण कार्यमा पार्टीको चासो, संलग्नता बढाइ विकास कार्यलाई प्रभावकारी बनाउन।

१७ विकास गर्न असल राजनीतिक संस्कार कायम गर्न ।
१८ बाजुरा जिल्लामा क्रियाशील अन्य राजनीतिक दलहरुसँगको सहकार्य र प्रतिष्पर्धामा स्वच्छता र उच्चता कायम गर्दै जिल्लामा असल, सदाचारयुक्त राजनीतिक संस्कार विकास गर्न ।
१९ वर्तमान राजनीतिक प्रणालीप्रति युवा तथा आम जनतामा सकारात्मक ऊर्जा सृजना गर्न ।
२०राजनीतिक दल, नेता, कार्यकर्ता र जनता बीच राजनीतिक निकटता विकास गर्न ।

२१ सामुदायिक विकास – समृद्धिको आधार जबजको परिकल्पना अनुसार समाजवादी नमुनाका विकास योजना तयार गर्न जनप्रतिनिधिमुलक निकायलाई सहजीकरण गर्न जिल्ला पार्टीलाई जोड्न ।
२२ दिगो विकास लक्ष्यमा योगदान गर्ने नेपाल सरकारको प्रतिबद्धतामा हाम्रो पार्टीको योगदान गर्न ।
२३ जातीय विभेद र महिला हिंसा विरुद्ध पार्टीका राजनीतिक अभियान संचालन गरी सामाजिक समानता र न्याय स्थापनामा योगदान गर्न ।
२४ समृद्ध नेपाल – सुखी नेपाली’ परिकल्पना पूरा गर्न बाल विकास, स्रोतको न्यायिक वितरण, वातावरण विकास, जलवायु न्याय, जनताको जीविकोपार्जन अभियानमा पार्टीको भूमिका जोड्न ।
२५ जिल्ला पार्टीको अगुवाईमा आम युवा समुदायको आत्मनिर्भरताका अभियान संचालन गर्न

अन्ततः यस्तो छ ओलीको निष्कर्षमा :

कार्यकर्ताको माझधारमा नेकपा (एमाले) को आधार कायम गर्न।
नेकपा (एमाले) पार्टी – जनताको विश्वासिलो साथी बनाइराख्न।
बाजुरामा सुसंस्कृत राजनीतिक चलन – व्यवस्थाप्रति जनताको सकारात्मक मन बनाइराख्न ।
जनजनमा सुदृढ, सबल एमाले – जबजको जगमा सामाजिक न्याय स्थापना गर्न ।
पार्टीमा आवधिक नेतृत्व – युवा समुदायमा राजनीति प्रतिको अपनत्व विकास गर्न।

विगत ३५ वर्षको नेकपा (एमाले) को राजनीतिक इतिहासमा पार्टीका सांगठनिक अभियानमा नेता, कार्यकर्ता र शुभेच्छुकसँग सहकार्यमा अनवरत क्रियाशील छु । यस आठौं जिल्ला अधिवेशनबाट नेकपा (एमाले), बाजुरा जिल्ला कमिटीको अध्यक्ष पदमा परीक्षण हुने अवसर उपलब्ध गराउनहुन सबै प्रतिनिधि कमरेडहरुमा हार्दिक अनुरोध गर्दछु । ओलीले भनेका छन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.