सामाजिक सेवामा स्थापित ओलीको यस्तो छ राजनीतिक यात्रा



मिन बहादुर खड्का / काठमाडौं : नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो आधार, पछिल्लो समयमा बाजुरा जिल्लाकै नेकपा एमाले निकट प्रतिभाशाली नेताहरू मध्यका युवा पुस्ताले रुचाएका र युवाका ढुकढुकी समेत रहेका नेता लाल बहादुर ओली अहिले नेकपा एमालेको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षका लागि चुनावी मैदानमा छन् ।नेकपा एमालेको जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षका उम्मेदवार माझ बलियो उम्मेदवार रहेको चर्चा भैरहेको छ ।

ओली एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा पनि जिल्ला कमिटी बाजुराको बलियो उम्मेदवारकै रूपमा प्रतिस्पर्धामा उत्रीएका थिए। तर शिर्ष नेताहरुको ओलीलाई नेतृत्वमा नल्याउने नियतकै कारण उनले जिल्लाको नेतृत्व लिने अवसर गुमाउनु पर्यो । तत्कालीन समयमा उनलाई जिल्लाको शिर्ष नेतृत्वले जबर्जस्त पन्छ्याएको आरोप सिङ्गो नेकपा एमाले गाउँ कमिटीले लगाएको थियो ।

ओलीले चुनावी प्रतिस्पर्धा गर्छु भन्दा पनि उनलाई मनोनयन समेत दर्ता गर्न नदिएको कुरा बाहिरिएको थियो। सिङ्गो गाउँ कमिटीले असन्तुष्टि जनाउँदै जिल्ला कमिटी भन्दा बाहिर पनि बसेको थियो । सहमतिका नाममा आफु निकटका व्यक्तिलाई अध्यक्ष बनाईएपछि सिङ्गो गाउँ कमिटीले अस्न्तुष्टी जनाएको थियो । सातौं जिल्ला अधिवेशनबाट जसलाई पाखा लगाइएको थियो  । तिनै लाल बहादुर ओली गत जेठ १ गते बाट सदरमुकाम मार्तडीमा सुरु भएको आठौं जिल्ला अधिवेशनमा पनि आफुलाई बलियो उम्मेदवार रहेको दाबी सहित चुनावी मैदानमा छन् ।

नेता ओली जिल्ला अध्यक्षको आकांक्षी रहेको र यस पटक जिल्ला अध्यक्षमा ओलीलाई सर्वसम्मत चयन गनुपर्ने एमाले निकट नेता कार्यकर्ता र उनका सर्मथकहरुको थियो । अन्ततः एमाले बाजुरा जिल्ला कमिटीको अध्यक्षका लागि भरत थापा र लाल बहादुर ओली बीच नै प्रतिस्पर्धा हुने भएको छ । थापा र ओली छुट्टाछुट्टै टिमबाट प्रतिस्पर्धा गर्न लागेका हुन् । थापा स्थायी कमिटी सदस्य कर्ण थापाको टिमबाट मैदानमा छन् भने ओली केन्द्रिय सदस्य समेत रहेका निवर्तमान प्रतिनिधि सभा सदस्य लाल बहादुर ओलीको टिमबाट चुनावी मैदानमा छन् ।

जिल्लामा बलियो लाल बहादुर थापालाई भनिए पनि दुई जना बीच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ । अध्यक्षका उम्मेदवार भरत थापा र नेता लाल बहादुर ओली पहिले देखी नै कर्ण थापा प्यानलकै हुन् ।तर यतिबेला भने नेता लाल बहादुर ओलीले टिम नै फेरेका छन् । अघिल्लो सातौं जिल्ला अधिवेशनमा पनि अध्यक्षको बलियो उम्मेदवार आफु नै रहेको बताउने ओलीलाई शीर्ष नेतृत्वले पाखा लगाउदै सहमतिका नाममा जबरजस्त दोश्रो पटक नेता कालि बहादुर शाहीलाई नै नेतृत्व सुम्पिए पछि जिल्लाको नेतृत्व गर्ने अवसर ओलीले गुमाएका थिए।

पटकपटक एमाले बाजुराको नेतृत्व गर्न मैदानमै प्रतिस्पर्धा गर्न उत्रीएका ओलीलाई पार्टीको शिर्ष नेतृत्वले पन्छ्याउदै आएको छ । आठौं जिल्ला अधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने माग ओली निकट नेता कार्यकर्ताको थियो । तर शीर्ष नेतृत्व तयार नभएपछि ओलीले टिमनै फेरेरे नेता लाल बहादुर ओलीको टिमबाट चुनाव लड्दै छन् ।

कर्ण थापाको प्यानलमा रहेका नेता ओली उनले भरत थापालाई नै जिल्लाको नेतृत्व सुम्पिने पक्का पक्की जस्तै भएको सुईको पाएपछि जिल्लामा बलियो मानिने लाल बहादुर थापाको टिममा समाबेश भएका हुन्।सातौं जिल्ला अधिवेशनमा जिल्लाको नेतृत्व लिन भरपुर प्रयास गरेका ओली पार्टी कार्यकर्ताले रुचाए पनि अध्यक्ष बन्नबाट शिर्ष नेताहरुले नचाहेकै कारण बन्चित भएका थिए। यतिबेला भने जित हार जे भएपनि प्रतिस्पर्धा गर्ने अठोट ओलीको छ ।

उनले अहिले पनि आफुलाई पनि जिल्ला कमिटीको अध्यक्षको बलियो उम्मेदवार रहेको दाबी गर्दै आएका छन् ।
यसकारण पनि ओली बलियो देखिन्छन ।अनेरास्ववियु विद्यार्थी उमेरबाटै राजनीति यात्रा प्रारम्भ गरेका ओली केही बर्ष कर्मचारी समेत थिए । ओलीले २०५० मा राजीनामा दिएर फेरी राजनिति संगै समाजसेवामा सक्रिय भएर नेकपा एमालेको नेतृत्व गर्दै राजनितिमा तलिन छन् ।

पछिल्लो समयमा राजनितिमा लागे देखी हाल सम्म निरन्तर रुपमा पार्टीको बिधि बिधान र आदर्शलाई आत्मसात गरि जस्तोसुकै कठिन प्रस्थितिमा पनि आफ्नो बिचारमा अडिग रहने नेताहरु मध्यमकै एक हुन । ओलीको यहीँ कटिबद्ध बिचारले एमाले निकट नेता कार्यकर्ताहरुलाई उनी प्रति आकर्षण बढाएको छ । पछिल्लो समयमा नेकपा एमाले बाजुराको नेतृतव पक्तिमा रहेका नेताहरु मध्यकै युवा पिडितले सक्षम नेतृतवका रुपमा स्वकार गरेका नेता आली हुन् ।

२०४७ सालमा पार्टी राजनितीमा आईसकेका ओली हरेक बेला बेला पछाडी पर्दै आएका छन् । उनले २०४७ सालदेखी गाउँ कमिटि बिस्तार अभियानमा संलग्न भैई हाल सम्म पार्टी राजनितिमा हुमीएका छन ।नेता ओलीको समाज परिवर्तन र विकासमा मात्र ठूलो योगदान नभई नेकपा एमाले पार्टीमा आवद्ध भए देखि हाल सम्म पार्टीलाई बलियो शसक्त र चलाएमान बनाउन उत्तिकै योगदान रहेको उनी निकट एक नेताले बताएका छन् ।

उनको सामाजिक जीवनको बारेमा त जतिसुकै प्रसंशा गरेपनि कमै हुने ती नेता बताउन्छन् । हुन त पछिल्लो समयमा राजनीतिमा पार्टीमा लामो त्याग तपस्या र संघर्ष गरेका नेताहरूलाई पन्छ्याउने गरेको पाईन्छ। यो गन्ध नेकपा एमालेमा पनि छ । त्यस्तै नेता ओली पनि पार्टीमा पालो नपाएका मध्यका एक हुन । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाको बलियो आधारका रुपमा रहेका नेता ओली बाजुरा जिल्लाका प्रतिभाशाली नेताहरूको सुचीमा पर्न सफल कुशल निडर सक्षम र युवा पुस्ताले रुचाएका नेता हुन् । राजनीति लागे जति सवैको सामाज विकास र परिवर्तनका लागी यती सम्म योगदान पुर्याउन सकेको प्रायः बिरलै हुदैन जति हाल सम्म ओलीले योगदान पुराएका छन् ।

ओलीको राजनितिमा जत्तिकै लगाव समाज सेवा र समाज परिवर्तन तथा रुपान्तरण र समाजको विकासमा पनि छ उनि समाजको बिकासका लागि अग्रभागमा रहेर खट्ने र समाजमा पिछडिएका र पछाडी पारिएका वर्गका महिला दलित आदिवासी जनजातीका सवालहरुका बिषयमा बिशेष ओकालत गर्दै आएका छन् । पछिल्लो समयमा जनताको आपेक्षा भनेकै जनताका सवालहरुलाई सम्बोधन गर्ने जनप्रेमी नेता नतृतवमा आउनु पर्छ भन्ने हुन्छ ।

तर जनताले गरेको आपेक्षा पुरा गर्न त कुनै पनि राजनिति दलका नेताहरु गर्न सकेका छैनन् तर नेता ओलीले भने राजनितिमा तलिन भइसकेपछी समाजको विकास र समाजको समुन्नतिका लागि गरेको योगदानको प्रसंशा गर्दै गरेको बाजुरेली जनताको मुखारबिन्दुबाट सुन्ने गरिन्छ । त्यसकारण पनि यतिवेला नेता ओली नेतृत्वमा आउनुपर्छ र नेता ओलीलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गनुपर्छ भन्ने नेकपा एमाले निकट नेता कार्यकर्ताहरुको जनभावना रहेको छ ।

नेता ओलीको सामाजिक सञ्जालमा मार्फत पनि प्रचार प्रसार गदै सर्वसम्मत चयन हुनुपर्ने मागहरु ओलीका सर्मथकहरुको छ । हालका अध्यक्षका प्रतिस्पर्धी भरत थापा युवा माझ लोकप्रिय होलान् , युवाहरुलाई परिचालन गर्न उनी सक्षम होलान् तर समाज रुपान्तरण र परिवर्तनमा ओलीको जत्तिकै योगदान नरहेको एक ओली निकट नेताको दाबी छ ।

को हुन लाल बहादुर ओली ? हेर्नुहोस उहाँको राजनिति पृष्ठभुमि: 

नेकपा एमालेका प्रभावशाली नेताका रुपमा रहेका नेता लाल बहादुर ओली बाजुराको दुर्गम गाउँ आटीचौरमा जन्मेका थिए । विद्यार्थी उमेरबाटै राननिति यात्रा प्रारम्भ गरेका नेता ओलीले डोटी क्याम्पसबाट राजनीति सुरुवात गरेका थिए ।२०४५ सालमा डोटी क्याम्पसको अनेरास्ववीयू सदस्यता प्राप्त गरेका ओली सोही वर्ष डोटी क्याम्पस स्ववियु सचिव समेत बनेका थिए ।उनि राजनिती संगै समाजीक कार्यमा अग्रपंक्तिमा कमाण्डार नै मानिन्छन् ।

बाजुरामा सहकारीको अबधारणा ल्याई बाजुरामा पिसवीन बाजुरा नामक संस्थाको स्थापना गरी हजारौ बाजुराबासीलाई स्वरोजगार बनाउन उनको ठुलो योगदान रहेको छ । त्यो संगै उनले बाजुराका बालबालिका महिला पछाडी पारीएका नागरिकको पक्षमा वकाल गर्ने एक मात्रै कुसल राजिनीतिज्ञको रुपमा ओली चिरपरिचित छन् ।२०४७ सालमा पार्टी राजनितीमा आईसकेका ओलीलाइज पार्टी नेतृत्वले पन्छ्याउदै आएको छ । उनले २०४७ सालदेखी गाउँ कमिटि विस्तार अभियानमा सक्रिय भैई केही वर्ष कर्मचारी भएर काम गरेको भएपनि २०५० जागिरबाट राजीनामा दिएर फेरी राजनितिमै तलिन भएका थिए।

२०५१ सालमा बाजुरा जिल्लाभर निर्वाचनमा हुमीएका ओली २०५४ सालको स्थानी निकायको चुनावमा अनेरास्ववियुबाट प्रचार प्रसार अभियानका प्रमुखको भुमिका निर्वाह गरेका थिए। लामो समय विद्यार्थी राजनितिमा बिताएका ओली २०६७ सालमा भएको पाँचौ जिल्ला अधिवेशनबाट नेकपा एमालेको जिल्ला कमिटि सदस्यमा आएका थिए।

पाँचौ जिल्ला अधिवेशनबाट जिल्ला कमिटि प्रवेश संगै छैटौँ जिल्ला अधिबेशनमा पनि आर्थिक बिभाग प्रमुखको जिम्मेवारी पाएका थिए ।२०७० को संबिधान सभा सदस्य निर्वाचन परिचालन समितिको प्रमुखको भुमिकिा निर्वाह गर्दै आएका ओलीले २०७४ को स्थानिय तहको निर्वाचनमा खप्तड छेडेदह गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्धारी दिएर चुनावी प्रतिस्पर्धा गरे ।नेकपा एमालेका प्रभावशाली नेता ओली २०५६ साल देखी नेकपा एमालेको जनसंगठन मानव अधिकार एलाइन्सको सदस्य हुदै २०६८ सालमा एलाइन्सको उपाअध्यक्ष समेतको जिम्मेवारी रहेर काम गरेका थिए ।

यस्तै २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाजुरा जिल्ला निर्वाचन परिचालन मुल कमिटी सदस्य बनेका ओली निर्वाचन परिचालन कमिटी सचिवालय ईन्चार्जको भूमिका (आर्थिक व्यवस्थापन, कार्यकर्ता परिचालन, समन्वय आदि) सफलतापूर्वक सम्पन्न गरेका थिए । २०७८ मा नेपाल कम्युनिष्ट पार्टी विभाजन हुँदा नेकपा (एमाले) को केन्द्रिय कमिटी सदस्य मनोनयन भएका नेता ओली २०७९ बैशाख–२०८० असोज नेकपा (एमाले), सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रहेर काम गरेका थिए।

पार्टीका विभिन्न स्थानीय कमिटी बिस्तार, जनसंगठन, संगठन सुदृढीकरण, पार्टी सदस्यता बिस्तार अभियानमा ओली निरन्तर सक्रिय छन् । मानव अधिकार एलाईन्स (पार्टीको जनसंगठन) को केन्द्रिय कमिटी सदस्य २०६४ देखि २०६७ र २०६७ देखि केन्द्रिय कमिटी उपाध्यक्ष पनि ओली बनेका थिए।

योग्यता र क्षमताले अब्बल ओलीको एमाले बाजुराको अध्यक्षमा उम्मेदवारी: 

यो त ओलीको राजनीति पृष्ठभुमि भयो उनले सामाजिक अभियान र संगठनमा उनको आवद्ध रही लामो सामाजिक जीवन बिताएका छन् ।योग्यता र क्षमताले पनि अब्बल ओलीको एमाले बाजुराको अध्यक्षमा बलियो उम्मेदवारी रहेको चर्चा भैरहेको छ । ओलीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई र पार्टीका लागि गरेको संघर्षलाई आम कार्यकर्ताले मुल्यांकन गर्न सके ओली अध्यक्षमा स्वतह निर्वाचित हुनेछन् एमाले बाजुराका एक नेताले भने,

यस्तो छ ओलीको सामाजिक अभियान, र आबद्ध संगठनको पृष्ठभुमि :

१ सामुदायिक वन उपभोक्ता महासंघ, गैर सरकारी संस्था महासंघको बाजुरा जिल्ला शाखा संस्थापक ।
२: सामुदायिक वन उपभोक्ता महासंघ, गैर सरकारी संस्था महासंघको केन्द्रिय कमिटी सदस्य ।
३ बाजुरामा बचत तथा ऋण सहकारी संस्था स्थापनाको शुरुवात।
४ : बाजुरामा पहिलो सामुदायिक रेडियो (रेडियो बाजुरा) स्थापना र संचालन।
५ : महिला, दलित, बालबालिका, युवा समूह गठन, क्षमता विकास र संगठन विकासको थालनी ।
६ विभिन्न सामाजिक विकास संस्थामा आवद्ध र विकास अभियान संचालन।
७ : नेपाल रेडक्रस सोसाईटीको आजीवन सदस्य
८ : सामुदायिक विकास क्षमता विकासका विभिन्न तालीम, गोष्ठी प्रशिक्षण।

सरकारी जागीर छोडेर राजनीतिमा हुमिएका ओलीको सरकारी सेवा संगको आबद्धता पनि उत्तिकै छ ।

उनले वि.सं. २०४७ देखि २०५० सम्म नेपाल निजामती कर्मचारी स्थायी कर्मचारी भएर काम गरेका थिए भने २०५१ माघ देखि दशरथ माद्यमिक विद्यालय, आटीचौर, बाजुरा स्थापना गर्दा १.५ वर्ष स्वयम्सेवक शिक्षकमा कार्य गरेको थिए। सो विद्यालय स्थापनामा संस्थापक अविभावक समेतको भूमिका निर्वाह गरी माद्यमिक विद्यालय स्थापना गर्न ओलीको योगदान महत्त्वपूर्ण रहेको उनी निकट एक नेताको भनाई छ ।

यस्तै २०५२ श्रावण देखि ६ महिना पशुपति मा.वि. को दरवन्दीमा शिक्षण सेवा गरेका ओली २०५३ जिल्ला बाल कल्याण समिति, बाजुरा सदस्य बने। २०५५ मा आटीचौर गाउँ विकास समिति, वडा नं. ४, बाजुरामा दशरथ वडालेक आधारभूत विद्यालय स्थापनाको संस्थापक सदस्य रहेका ओली २०५९ जिल्ला विकास समिति, बाजुरा, अनुगमन समिति सदस्य पनि बनेका थिए।

नेकपा (एमाले), बाजुराको आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा लाल बहादुर ओलीको
उम्मेदवारी किन? यस्तो बताउन्छन् ओली : 

१ संगठनको आधार – कार्यकर्ता नै माझधार ।
२ पार्टीका कार्यकर्ता, समर्थक, जनताको विश्वासलाई सबल बनाउन ।
३ पार्टी गतिविधिलाई सुशासित र कार्यकर्ता मैत्री बनाउन
४ पार्टीलाई आर्थिक, भौतिक र प्रविधिको व्यवस्थानमा चुस्त बनाउन
५ पार्टीलाई गतिशील बनाउँदै नेता र कार्यकर्ता बीच घुलनमिलन र साझा विश्वास जीवन्त राख्न
६ पार्टीका अग्रज नेताहरुका राजनीतिक अनुभवलाई सम्मानपूर्वक संगठनको पक्षमा उपयोग गर्न ।

७ पार्टीका जनवर्गीय संगठन, व्यावसायिक संगठन, शुभेच्छुक र पार्टी बीच जीवन्त अन्तरक्रिया गर्दै क्रियाशील हुन सहजीकरण गर्न।

९ पार्टीमा युवा समुदायको सहभागिता अभिबृद्धि गर्न
ड्ड युवा समुदाय आत्मनिर्भरताका गतिविधिमा संलग्न हुने अवसरहरुको खोजी गर्न।

१० नेकपा (एमाले) पाार्टी – जनताको साथी
जिल्ला पार्टी र जनवर्गीय संगठनको साझा योजना तयार गरी जनताका माझ पार्टीका सबै जनसंगठनको नीतिगत क्रियाशीलता बढाउन।

११ जिल्लामा क्रियाशील पार्टीका शुभेच्छुक पेशागत संगठन, व्यवसायिक संस्था, सामाजिक न्यायको क्षेत्रमा कार्यरत संस्था, व्यक्ति र समुदायसँगको सहकार्य बिस्तार गरी पार्टी गतिविधिलाई स्थानीय विकाससँग जोड्न
१२ पार्टीको आवधिक नेतृत्व हस्तान्तरणले युवा पुस्तामा राजनीति र पार्टी प्रति विश्वास जगाउँछ । युवा समुदायको राजनीतिक नेतृत्व सीप विकास गर्न प्रेरित गर्न।
१३ पार्टी कार्यकर्ता, नेता र जनताको नजिकको सम्बन्ध स्थापित गरी नेकपा (एमाले) लाई जनताको विश्वासिलो दलको रुपमा कायम राखिरहन ।
१४ मिसन २०८४ लाई केन्द्रित गर्दै पार्टीको पक्षमा जनमत सृजना गर्न।
१५ नेकपा (एमाले) का गतिविधीलाई अझै समावेशी, सदाचारी र जनपक्षीय बनाउन
१६ जिल्लामा संचालित विकास–निर्माण कार्यमा पार्टीको चासो, संलग्नता बढाइ विकास कार्यलाई प्रभावकारी बनाउन।

१७ विकास गर्न असल राजनीतिक संस्कार कायम गर्न ।
१८ बाजुरा जिल्लामा क्रियाशील अन्य राजनीतिक दलहरुसँगको सहकार्य र प्रतिष्पर्धामा स्वच्छता र उच्चता कायम गर्दै जिल्लामा असल, सदाचारयुक्त राजनीतिक संस्कार विकास गर्न ।
१९ वर्तमान राजनीतिक प्रणालीप्रति युवा तथा आम जनतामा सकारात्मक ऊर्जा सृजना गर्न ।
२०राजनीतिक दल, नेता, कार्यकर्ता र जनता बीच राजनीतिक निकटता विकास गर्न ।

२१ सामुदायिक विकास – समृद्धिको आधार जबजको परिकल्पना अनुसार समाजवादी नमुनाका विकास योजना तयार गर्न जनप्रतिनिधिमुलक निकायलाई सहजीकरण गर्न जिल्ला पार्टीलाई जोड्न ।

२२ दिगो विकास लक्ष्यमा योगदान गर्ने नेपाल सरकारको प्रतिबद्धतामा हाम्रो पार्टीको योगदान गर्न ।
२३ जातीय विभेद र महिला हिंसा विरुद्ध पार्टीका राजनीतिक अभियान संचालन गरी सामाजिक समानता र न्याय स्थापनामा योगदान गर्न ।
२४ समृद्ध नेपाल – सुखी नेपाली’ परिकल्पना पूरा गर्न बाल विकास, स्रोतको न्यायिक वितरण, वातावरण विकास, जलवायु न्याय, जनताको जीविकोपार्जन अभियानमा पार्टीको भूमिका जोड्न ।
२५ जिल्ला पार्टीको अगुवाईमा आम युवा समुदायको आत्मनिर्भरताका अभियान संचालन गर्न

अन्ततः यस्तो छ ओलीको निष्कर्षमा :

कार्यकर्ताको माझधारमा नेकपा (एमाले) को आधार कायम गर्न।
नेकपा (एमाले) पार्टी – जनताको विश्वासिलो साथी बनाइराख्न।
बाजुरामा सुसंस्कृत राजनीतिक चलन – व्यवस्थाप्रति जनताको सकारात्मक मन बनाइराख्न ।
जनजनमा सुदृढ, सबल एमाले – जबजको जगमा सामाजिक न्याय स्थापना गर्न ।
पार्टीमा आवधिक नेतृत्व – युवा समुदायमा राजनीति प्रतिको अपनत्व विकास गर्न।

विगत ३५ वर्षको नेकपा (एमाले) को राजनीतिक इतिहासमा पार्टीका सांगठनिक अभियानमा नेता, कार्यकर्ता र शुभेच्छुकसँग सहकार्यमा अनवरत क्रियाशील छु । यस आठौं जिल्ला अधिवेशनबाट नेकपा (एमाले), बाजुरा जिल्ला कमिटीको अध्यक्ष पदमा परीक्षण हुने अवसर उपलब्ध गराउनहुन सबै प्रतिनिधि कमरेडहरुमा हार्दिक अनुरोध गर्दछु । ओलीले भनेका छन् ।

किन आलीनै चाहिनछन् भन्छन् त उनका सर्मथकहरु ?

१.कार्यकर्ताको माझ घारमा एमालेको आधार तयार गर्न ।
२.नेकपा एमाले पार्टीलाई जनताको बिश्वासिलो पार्टी बनाउन ।
३.बाजुराको सुसस्किर्त राजनीति चलनलाइ ब्यवसायिकप्रती जनताको सकारात्मक मन बनाउन ।
४.जनतामा सुदृढ सबल एमाले जवजको जगमा सामाजिक न्याय स्थापन गर्न ।
५.पार्टीमा आवधिक नेर्तित्ती युवा समुदाय राजनीति प्रतिको अपनत्तो बिकास गर्न ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.