धनगढी । बझाङमा विभिन्न ८ राजनीतिक पार्टीका उम्मेदवारको धरौटी जफत भएको छ। बझाङ प्रदेश सभा (१) मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन्।
एमालेका भण्डारीले ११ हजार ६ सय १३ मतले विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए। मत गणना सुरु भएदेखि नै यी दुइ उम्मेदवारबिच कडा प्रतिस्पर्धा भएको थियो। त्यस्तै नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाको ३ हजार ९ सय ६७ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले भने २ हजार ५ सय १३ मत मात्र प्राप्त गरेका छन्।
शनिबार सम्पन्न बझाङ उपनिर्वाचनमा ११ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा थिए। उनीहरूमध्ये एमाले निर्वाचित भएको हो। कांग्रेस र माओवादी केन्द्रबाहेक अन्य सबै दलका उम्मेदवारको धरौटी जफत भएको छ। मतदान गरेका ३० हजार तीन सय २८ जनामध्ये २९ हजार सात सय चार मत सदर भएको थियो।
कांग्रेसपछि सबैभन्दा बढी मत नेकपा माओवादी केन्द्रका उम्मेदवारले प्राप्त गरेका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्र पराजित भए पनि धरौटी जफत भएको छैन्। तर एकीकृत समाजवादीसहित विभिन्न ८ वटा दलबाट उम्मेदवार बनेकाहरुको भने धरौटी नै जफत भएको छ।
जसमा आठ उम्मेदवारले सदर मतको १० प्रतिशत नकटाएपछि जमानत जफत भएको हो। एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत मात्र पाए। यसैगरी, राप्रपाका किशोरकुमार खड्काले दुई सय ४२ मत ल्याउँदा अन्य उम्मेदवारले ५० मत पनि कटाउन सकेनन्।
२०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ। सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन्। कांग्रेसले भने सिट संख्या गुमाएको छ।



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो
काठमाडौंबाट सुनका गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो
आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
उच्च पहाडी तथा हिमाली भागमा वर्षा र हिमपात