काठमाडौं । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारीले असोज मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
संस्थाले प्रकाशन गरेको वित्तिय विवरणमा वृद्धि गर्दै लगेको जनाइएको छ । संस्थाको भदौ महिनामा १ अर्व ६५ करोड ५३ लाख ४० हजार २ सय रुपैंयाँ रहेको सेयर पूँजी बृद्धिगरि १ अर्व ६५ करोड ५७ लाख ४५ हजार ९ सय रुपैंयाँ पुर्याएको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा १ अर्व २३ करोड ५७ लाख ५३ हजार ६५७ रुपैंयाँ रहेकोमा १ अर्व २३ करोड ६३ लाख ८९ हजार ४९० रुपैंयाँ पुर्याएको छ ।
संस्थाको भदौ महिनाको बचतमा ११ अर्व २८ करोड ४५ लाख ९४ हजार ७५९ रुपैंयाँ रहेकोमा असोज महिनामा ११ अर्व ३८ करोड ५१ लाख १ हजार ८१४ रुपैंयाँ पुर्याएको हो । संस्थाले बाह्य ऋण शुन्यमा झारेको छ भने ऋणी सदस्य र ऋण लगानीमा समेत बृद्धि गरेको छ।
संस्थाको भदौ महिनामा ७४ हजार ६१ जना सदस्यलाई १० अर्व ९० करोड २३ लाख ८८ हजार ५५५ रुपैंयाँ लगानी गरेको थियो भने असोज महिनाको अन्त्यसम्म ७४ हजार १२३ सदस्यलाई ११ अर्व ७३ लाख ७३ हजार ३९ रुपैंयाँ लगानी गरेको छ ।
संस्थाको विभिन्न कोषहरुमा ४४ करोड ८७ लाख २० हजार ६१९ रुपैंयाँ रहेको छ । त्यसैगरी संस्थाको कुल संस्थागत पूँजी १ अर्व २७ करोड ३३ लाख ४५ हजार ८६३ रुपैंयाँ तथा १५ अर्व ३२ करोड ६५लाख ९२ हजार ८७९ रुपैंयाँ कुल सम्पति रहेको छ ।
संस्थासंग असोज मसान्तसम्ममा तरलता २७.१७ प्रतिशत अर्थात ३ अर्व ९ करोड ३५ लाख ७६ हजार ९१३ रुपैंयाँ रहेको छ । संस्थाको कोशी प्रदेशका ६ वटा जिल्ला कार्यक्षेत्र रहेको छ ।



सम्वन्धित समाचार
सोलुखुम्बुको थामेमा फेरि बाढी, ५ घर बगायो ६ घरमा आंशिक क्षति
“Unlocking Opportunities: Association Act 2082 for Inclusive Development”
Impulsiveness in Poetic Discourse
संवैधानिक राष्ट्रिय युवा आयोग गठनको माग
साउनकाे पहिलो साेमबारकाे अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ मन्दिरकाे अनुगमन
अघिल्लो वर्षको तुलनामा राजस्व १ खर्ब २० अर्बले बढ्यो