जनजातिको छोरालाई संविधानसभाको अध्यक्ष कसले बनायो-ओलीको प्रश्न ?



इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ मा एमालेले अगाडि सारेको, माओवादी केन्द्र नेकपा र परिवार दलको साझा उम्मेदवार सुहाङ्ग विजयी हुने निश्चित भएको पाएको बताए । उनले इलामेली जनताको आत्मविश्वासले सुहाङ्गले जित्ने पक्का भएको बताए ।

४८ र ५१ सालमा एमालेले चुनाव लडेजस्तो समय नभएको उल्लेख गर्दै उनले भने, ‘कम्युनिस्टले चुनाव जित्यो भने ६० वर्ष माथिकालाई गोली हानेर मार्छन् भनेर प्रचार गर्थे तर एमालेले जितेपछि घरमा भत्ता लिएर पुग्न थाल्यो ।’

नेपाली काङ्ग्रेसका तर्फबाट इलामको उपनिर्वाचनमा उम्मेदवार बनेका डम्बर खड्काप्रति लक्षित उनले भने,‘ सबै तिरको बाटो बनेको छ । पैसा लिएर पनि बाटो बनाउन नसक्नेले इलाम बनाउन सक्दैन ।’

मदन भण्डारी राजमार्ग अन्तरगत दमक चुलाचुली खण्ड बनाउने बाटोको ठेकेदार खड्का हुन् ।

उनले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाप्रति इङ्गित गर्दै ५ –५ पटक प्रधानमन्त्री हुँदा पनि केही काम नगरेको आरोप लगाए । उनले भने, ‘मित्र के काम गर्नु भो ? भनेर संसद्मा सोधेको जवाफ छैन ।’

उनले आफू एक पटक प्रधानमन्त्री हुँदा ज्येष्ठ नागरिकको भत्ता बढाएको बताए । उनले बालिकाहरूलाई विद्यालयमा सेनेटरी प्याडको व्यवस्था आफ्नो सरकारले गरेको बताए ।

उनले भने स्कुलमा बच्चाका लागि खाजाको व्यवस्था कम्युनिस्टको सरकारले गरेको बताए । उनले सडकमा अलपत्र परेका मानिसहरूको व्यवस्था गर्ने काम कम्युनिस्टले गरेको भन्दै कम्युनिस्टको सरकार भए देशमा कोही पनि भोकै नपर्ने बताए । उनले कम्युनिस्टको सरकारले हुलाकी मार्ग बनाउन थालेका, मदन भण्डारी मार्ग बनाएको समेत दाबी गरे ।

उनले पहिचानका कुरा गरेर नेपाली समाजमा विभाजन ल्याउन थालेको बताए । उनले भने, ‘म जात जातीका कुरा गर्ने साथीहरूलाई भन्न चाहन्छु । एउटा जनजातिको छोरालाई कुन पार्टीले संविधान सभाको सभाध्यक्ष बनायो ? कुन पार्टीले जनजातिको छोरालाई कानुन मन्त्री बनायो ? दलितलाई राष्ट्रिय सभाको उपाध्यक्ष कसले बनायो ? पहिलो पटक महिलालाई रक्षा मन्त्री कसले बनायो ? थाहा हुनु पर्ने हो यो सब एमालेले बनाएको हो ।

उनले देश ओरालो लागेकाले नयाँ समीकरण बनाएको बताए । उनले सुदृढ राष्ट्रिय शक्ति निर्माणका लागि आजैबाट काम थाल्नु पर्ने बताए ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.