इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ मा एमालेले अगाडि सारेको, माओवादी केन्द्र नेकपा र परिवार दलको साझा उम्मेदवार सुहाङ्ग विजयी हुने निश्चित भएको पाएको बताए । उनले इलामेली जनताको आत्मविश्वासले सुहाङ्गले जित्ने पक्का भएको बताए ।
नेपाली काङ्ग्रेसका तर्फबाट इलामको उपनिर्वाचनमा उम्मेदवार बनेका डम्बर खड्काप्रति लक्षित उनले भने,‘ सबै तिरको बाटो बनेको छ । पैसा लिएर पनि बाटो बनाउन नसक्नेले इलाम बनाउन सक्दैन ।’
मदन भण्डारी राजमार्ग अन्तरगत दमक चुलाचुली खण्ड बनाउने बाटोको ठेकेदार खड्का हुन् ।
उनले आफू एक पटक प्रधानमन्त्री हुँदा ज्येष्ठ नागरिकको भत्ता बढाएको बताए । उनले बालिकाहरूलाई विद्यालयमा सेनेटरी प्याडको व्यवस्था आफ्नो सरकारले गरेको बताए ।
उनले भने स्कुलमा बच्चाका लागि खाजाको व्यवस्था कम्युनिस्टको सरकारले गरेको बताए । उनले सडकमा अलपत्र परेका मानिसहरूको व्यवस्था गर्ने काम कम्युनिस्टले गरेको भन्दै कम्युनिस्टको सरकार भए देशमा कोही पनि भोकै नपर्ने बताए । उनले कम्युनिस्टको सरकारले हुलाकी मार्ग बनाउन थालेका, मदन भण्डारी मार्ग बनाएको समेत दाबी गरे ।
उनले पहिचानका कुरा गरेर नेपाली समाजमा विभाजन ल्याउन थालेको बताए । उनले भने, ‘म जात जातीका कुरा गर्ने साथीहरूलाई भन्न चाहन्छु । एउटा जनजातिको छोरालाई कुन पार्टीले संविधान सभाको सभाध्यक्ष बनायो ? कुन पार्टीले जनजातिको छोरालाई कानुन मन्त्री बनायो ? दलितलाई राष्ट्रिय सभाको उपाध्यक्ष कसले बनायो ? पहिलो पटक महिलालाई रक्षा मन्त्री कसले बनायो ? थाहा हुनु पर्ने हो यो सब एमालेले बनाएको हो ।
उनले देश ओरालो लागेकाले नयाँ समीकरण बनाएको बताए । उनले सुदृढ राष्ट्रिय शक्ति निर्माणका लागि आजैबाट काम थाल्नु पर्ने बताए ।
सम्वन्धित समाचार
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र
विश्वकप लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित
सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी