काठमाडौं । नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा पुगेको छ । सोमबार समूह ए को अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हराएसँगै नेपालको सेमिफाइनल यात्रा पक्का बनेको हो ।
समूह ए बाट नेपालपछि अब साउदी अरेबिया मात्रै ६ अंकमा पुग्न सक्ने समीकरण हुँदा एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।
नेपालले तीन खेलमा तीन जित हासिल गर्दै ६ अंक बटुलेको छ । समूहबाट दुईवटा टिम सेमिफाइनलमा जानेछन् । आजै भएको खेलमा कतारले मलेसियालार्ई पराजित गरेसँगै नेपालको सेमिफाइनल यात्रा सुनिश्चित भएको हो ।
साउदी अरब, कतार र हङकङले तीन–तीन खेलेर एक मात्र जित हासिल गरेका छन् । अब उनीहरुले एक खेल मात्रै खेल्न बाँकी रहेकाले ६ अंक ल्याउन सम्भव छैन । साउदी अरबले दुई खेल खेल्न बाँकी छ । एक खेल जितेको साउदीले बाँकी दुई खेल जितेमा ६ अंक ल्याएर नेपालसँग सेमिफाइनलमा प्रवेश गर्न सक्छ ।
ओमान नेट रन रेटमा माथि रहँदै शीर्ष स्थानमा छ । ओमान र यूएईबीच आज खेल हुँदैछ । यी दुई टोलीबीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाइनल खेल्ने सम्भावना देखिन्छ । प्रतियोगिता विजेताले मात्रै टी २० एसिया कप खेल्नेछ । एसिया कप टी २० विश्वकपपछि हुनेछ ।
सम्वन्धित समाचार
राखेपको उपाध्यक्षमा आचार्य नियुक्त
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
नेपाल प्रिमियर लिगका प्लेअफका २ खेल हुँदै
एनपीएल: सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, चितवन र कर्णाली इलिमिनेटरमा भिड्ने
सुदूरपश्चिम र कर्णाली भिड्दै